भगवान् रामले बध गरेका रावणको शवलाई के गरियो ? | Khabarhub Khabarhub

भगवान् रामले बध गरेका रावणको शवलाई के गरियो ?


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धर्मग्रन्थ रामायणमा उल्लेख भएअनुसार भगवान् श्रीरामको हातबाट रावणको मृत्यु भएको थियो ।

सीतालाई हरण गरेपछिको भीषण युद्धमा रावणको मृत्यु त भयो, साथै लंकाको शासन पनि विभीषणलाई दिइयो ।

रावणको वधपछि आखिर उसको शवलाई के गरियो त ? आज हामी तपाईलाई यसको बारेमा जानकारी गराउँछौँ ।

यो कुराको जवाफ श्रीलंका सरकार र केही मानिसले भनेका छन् कि, रावणको शव आज पनि धर्तीमा स्थित छ ।

भनिन्छ, रावणको शवलाई ‘ममी’ बनाएर सुरक्षित राखिएको छ । जसरी मिश्रमा पिरामीडमा प्राचिन कालका राजाहरुको शव राख्ने गरिन्थ्यो त्यसैनै  रावणको शव पनि राखिएको छ ।

रावणको मृत्यु पश्चात् उसलाई जीवित बनाउन सैनिकहरुले धेरै कोशिस गरे पनि सफलता नपाएको बताइन्छ ।

रावणको किन भएन अन्तिम संस्कार ?

भनिन्छ, रावणका सेना आफ्ना प्रिय राजाको शव जलाउन चाहँदैन थिए । किनभने उनीहरुलाई एकदिन रावण जीवित हुने आश थियो ।

त्यसै कारणले सुरक्षित राख्नको लागि विभिन्न रसायनको प्रयोग गरेरर रावणलाई राखिएको थियो ।

रावणको शव कहाँ छ ?

रागलाको जंगलमा रावणको शव भएको मान्ने गरिन्छ । उक्त ठाउँ घना जंगल रहेको छ । त्यहाँ विभिन्न हिंस्रक जंगली जनावर बस्दछन् ।

केही मानिसहरुले भने रावण भएको ठाउँमा उसका खजानाहरु रहेको पनि बताउने गर्दछन् ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ५ : ३० बजे

म माथि षडयन्त्र भयो, संलग्नको नाम छिट्टै सार्वजनिक गर्छु : सन्दीप लामिछाने

काठमाडौं– बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले आफू

सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको विकास, विस्तार र

अवैध रूपमा अमेरिकी प्रविधि निर्यात गर्ने दुई चिनियाँविरुद्ध मुद्दा दायर

वासिङ्टन डिसी– संयुक्त राज्य अमेरिकाको न्याय विभागले संयुक्त राज्य अमेरिकाको

सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकार दृढ छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको

आईपीएल : आज सनराइजर्स र राजस्थान भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र