उद्योग वाणिज्य महासंघको साधारणसभा आज सुरू हुँदै « Khabarhub

उद्योग वाणिज्य महासंघको साधारणसभा आज सुरू हुँदै


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा आज सुरू हुँदैछ। ​

काठमाडौँमा हुने साधारणसभाको बिहान ११ बजे प्रधानमन्त्री केपी ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्नेछन् ।

गत चैतमै हुनुपर्ने साधारण सभा कोरोना भाइरसको महामारीले स्थगित भएको थियो । यो साधारणसभाले महासंघको नयाँ नेतृत्व पनि चयन गर्नेछ । नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि तीन स्थानमा मतदान हुनेछ ।

काठमाडौँको प्रज्ञा भवन कमलादी, कार्की ब्यांकेट र उद्योग वाणिज्य महासंघको कार्यालय टेकुमा मतदान हुनेछ ।

जिल्ला र नगर, एसोसिएट र वस्तुगततर्फका प्रतिनिधिले छुट्टाछुट्टै स्थानमा मतदान गर्ने भएका हुन्।

मंसिर १२ गते भर्चुअल रूपमा नै बन्दसत्र संचालन हुने र १३ गते बिहान ८ बजे मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधान र चन्द्र ढकाल उम्मेदवार छन् ।

दुवै उम्मेदवारले आफूले जित्ने दाबी गरेका छन् । साधारणसभापछि हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्नेछन्। विधानले वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  १० : २१ बजे

रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र कायम रहने

काठमाडौं – रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने

रवि-बालेनलाई मुछेको ‘द ग्रे जोन’को रिपोर्टबारे जवाफ दिनै मानेनन् अर्थमन्त्रीले

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

समुद्रबाट चीनको ‘ग्राभिटी–१’ रकेट प्रक्षेपण, नौ उपग्रह अन्तरिक्षमा

एजेन्सी– चीनले बुधबार समुद्रबाट आफ्नो ‘ग्राभिटी–१’ वाई-३ वाहक रकेट सफलतापूर्वक

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु