हिमपातबाट हुने क्षतिको पूर्व तयारी गर्दै रसुवा « Khabarhub

हिमपातबाट हुने क्षतिको पूर्व तयारी गर्दै रसुवा


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– हिमपातबाट हुनेसक्ने क्षतिका लागि रसुवामा पूर्वतयारी सुरु गरिएको छ ।

हिमपातको समयमा जिल्लामा हुनसक्ने जोखिमलाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय रसुवामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पूर्वतयारी सुरु गरिएको जनाइएको हो ।

हिमपातबाट प्रभावित हुन सक्ने संभावित स्थानको पहिचान गरेर पूर्वतयारी सुरु गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए ।

अत्याधिक चिसो तथा हिमपातबाट जिल्लाको पाँचवटा गाउँपालिकाका पाँच सय तीन घरपरिवार प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।

प्रभावित हुनसक्ने स्थानहरुमा गोसाइँकुण्ड गाउँपालिकाको थुमन, नागथली, खैदी, गुम्बालिङ, शेर्पागाउँ, सुर्का, खाम्जिङ र भेञ्याङ, बृद्धिम, क्यान्जिङ, लाङटाङ, गुम्बाडाँडा, मुन्डु, गोसाईकुण्ड, लौरीबिना, चोलाङपाटी, सिंगगुम्बा, ढिम्सा, नागुङ क्षेत्र रहेको छ ।

त्यसैगरी, आमाछोदिङ्मो गाउँपालिकाको ठुलो हाकु, नेसिङ, पेल्दुडाँडा, गतलाङ गाउँ, पार्वतीकुण्ड, गोल्जुङ, तातोपानी, गोङगाङ र सिम्बु क्षेत्र, उत्तरगया गाउँपालिकाको तिरु, करुमर्याङ, सिंगयोक क्षेत्र, कालिका गाउँपालिकाको राम्चे र नौकुण्ड गाउँपालिकाको यार्सा गाउँ, युब्रा, सिमबन्दी, साङगुल, दोक्लाङ, बच्चा लगायतको क्षेत्र अत्याधिक चिसो तथा हिमपातबाट प्रभाबित हुने क्षेत्रको रुपमा पहिचान गरिएको छ ।

त्यसैगरी चिसोका कारण कुनै नागरिकको मृत्यु नहोस भन्ने धारणालाई दृष्टिगत गरि जिल्लाको माथिल्लो भेगका हिमपातबाट प्रभावित हुने क्षेत्रहरुमा जाडोको समयमा आगो ताप्ने प्रयोजनका लागि एक हप्ते प्याकेजमा सुकेको दाउरा संकलनको व्यवस्था गरिने भएको छ ।

त्यसका लागि लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय र डिभिजन वन कार्यालय रसुवालाई अनुरोध गरिने भएको छ । हिमपात पूर्व तयारीका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा रहेको रकमबाट आवश्यकताको आधारमा न्यानो कपडा लगायतका सामाग्री जिल्ला प्रशासनबाट खरिद गरि बितरण गर्ने व्यवस्था मिलाइने भएको छ ।

चिसोबाट प्रभावित भएका, हुनसक्ने विपन्न परिवारलाई न्यानो कपडालगायतको राहत सामाग्री वितरण गर्ने व्यवस्था मिलाइने भएको छ ।

हिमपातका कारण जिल्लामा विगतका वर्षमा मानिसहरुको ज्यान नगएपनि विभिन्न रोगबाट सिकार भएको पाइन्छ । अत्याधिक हिमपात हुने स्थानहरुमा भने हिमपहिरो जानसक्ने सम्भावना भने रहेको छ ।

त्यसका लागि हिमपात पूर्वतयारी कार्ययोजना, २०७७ निर्माण गरिएको छ । यसको प्रभावकारी कार्यान्वयनका लागि जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति, जिल्ला स्थित सुरक्षा निकाय, नेपाल रेडक्रस सोसाइटी, गैरसरकारी संस्था, संचार क्षेत्र, पत्रकारहरुलाई समन्वयात्मक रुपमा परिचालन गरिने गरि पूर्वतयारी कार्ययोजना निर्माण गरिएको समेत प्रमुख जिल्ला अधिकारी पन्तले बताए ।

हिमपातका कारण हरेक वर्ष जिल्लाको उत्तरी क्षेत्र प्रभावित हुने गरेको छ । हिमपातका कारण चिसो बढेर उत्तरी भेगका स्थानिय बासिन्दाको जनजिवन प्रभावित हुने गरेको छ ।

जिल्लाको उत्तरी भेग लाङटाङ, क्याङजीन, गोसाइकुण्ड, धुन्चेको लेक, ठुलोस्याफ्रु, ब्राबल, थुमन, गतलाङ, ठुलो हाकु, ग्रे, बृद्धिम, यार्सा लेक, चोलाङपाटी, लौरिविना, नागथलि, चन्दनबारी, गोसाईकुण्ड लगायतका विभिन्न ठाउमा बाक्लो हिमपात हुने गरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ११ : ३५ बजे

प्रचण्ड भन्छन् : म्याजिक नम्बरका कुरा नगरौँ, रास्वपालाई हाम्रो शुभकामना छ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा

मध्यपूर्वमा पानी जहाजमाथि आक्रमण हुँदा दुई भारतीयको मृत्यु

नयाँदिल्ली- मध्यपूर्वमा जारी युद्धका बीच व्यापारिक पानी जहाजमाथि भएका आक्रमणमा

इरानले अमेरिकामा हुने विश्वकप फुटबल नखेल्ने

तेहरान- जबर्जस्त युद्ध थोपरिएपछि इरानले अमेरिका, मेक्सिको र क्यानाडामा यही

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा