दुलाहाका बुबाले दुलहीकी आमा भगाएपछि… « Khabarhub

दुलाहाका बुबाले दुलहीकी आमा भगाएपछि…


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विवाहका लागि दुलही मेहन्दी लगाउँने तयारी गरिरहेकी थिइन् ।

दुलहा दुलही एक आपसमा सात फेरा लिने सपना देखिरहेका थिए । घर परिवार पनि छोरीको विवाहका लागि तयार थिए ।

त्यसैबेला दुलहीकी आमा दुलहाका पितासँग भागेको खबर आयो । यो अचम्मको खबर भारतको गुजरात स्थित सुरत जिल्लाको हो ।

उनीहरु एकआपसमा युवा अवस्था देखि नै प्रेम गर्दथे । तर, कारणवश उनीहरुको विवाह हुन सकेन । उनीहरु आफ्नो अधुरो प्रेम पूरा गर्न चाहान्थे ।

उनीहरुको भेट आफ्ना छोराछारीको विवाह गर्ने बेलामा भयो ।

सोही बेला ४८ वर्षका दुलहाका पितालाई मौका बन्यो । उनले ४६ वर्षकी दुलहीकी आमालाई भगाए । उनीहरु भागेपछि परिवारले हुनेवाला विवाहका दुलहा दुलहीको विवाह रोकिदिए ।

दुलहा दुलहीको इन्गेजमेन्ट १ वर्ष अगाडि भएको थियो । दुलहीका परिवारले यो घटना प्रहरी स्टेशनमा उजुरी दर्ता गरायो । प्रहरीको अनुसन्धानमा उनीहरू भागेर विवाह गरेको पत्ता लागेको हो ।

उनीहरु छोराछोरीको विवाह आउनुभन्दा २० दिन अगाडिबाट हराएका थिए ।– एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ५ : ०५ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा