मोरङमा थप दुई संक्रमितको मृत्यु « Khabarhub

मोरङमा थप दुई संक्रमितको मृत्यु


११ मंसिर २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङमा थप दुई संक्रमितको मृत्यु भएको छ । मोरङको लेटाङ र रतुवामाईका संक्रमित दुई वृद्धको मृत्यु भएको हो ।

लेटाङका पुरुषको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा र रतुवामाईका पुरुषको होम आइसोलेसनमा मृत्यु भएको हो ।

लेटाङ नगरपालिका–२ का ७० वर्षीय वृद्धको बिहीबार बिहान ज्यान गएको छ । अस्पतालका ब्यवस्थापक नारायण दाहालका अनुसार कोरोजना पोजिटिभ आएपछि उनलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो ।

श्वासप्रश्वास, खोकी लाग्ने तथा ज्वरोको समस्या देखिएका उनको भेन्टिलेटरमा राखेर उपचार गराउँदै गर्दा मृत्यु भएको दाहालले जानकारी दिए ।

रतुवामाई नगरपालिका–८ का कोरोना संक्रमित ८० वर्षीय वृद्धको बुधबार राति होम आइसोलेसनमै मृत्यु भएको छ ।

रतुवामाई नगरपालिकाका मेयर रविन राईले कोरोना पुष्टि भए पनि आफ्नै घरमा बसिरहेका वृद्धको राति १० बजेतिर ज्यान गएको जानकारी दिए ।

उनका अनुसार सामान्य रुघाखोकी लागेपछि वृद्धको पीसीआर परीक्षण गराउँदा मंसिर १ गते रिपोर्ट पोजिटिभ आएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  १ : ३७ बजे

सिन्धुलीमा सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार