नेपाल–भारत परराष्ट्रसचिवको बैठक : द्विपक्षीय सहयोगका क्षेत्रलाई अघि बढाउन सहमत « Khabarhub

नेपाल–भारत परराष्ट्रसचिवको बैठक : द्विपक्षीय सहयोगका क्षेत्रलाई अघि बढाउन सहमत


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक सम्पन्न भएको छ ।

बिहीबार काठमाडौंको एक होटलमा भएको बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा भारतीय प्रतिनिधि मण्डलको नेतृत्व विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले गरेका थिए।

बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयमा विचारविमर्श भएको थियो । भेटमा द्विपक्षीय सहयोगको क्षेत्रलाई अगाडि बढाउन दुवै पक्ष सहमत भएका थिए ।

बैठकपछि श्रृंगलाले उक्त बैठक फलदायी र उपयोगी आदानप्रदान भएको बताए ।

सहयोगका क्षेत्रहरू अगाडि बढाउन विभिन्न चरणहरूमा छलफल भएको र यसअघि गरिएका प्रतिबद्धतामा राम्रो प्रगति भएको उनले जानकारी दिए ।

उनले विदेश सचिव भरतराज पौड्याललाई निम्ताएको र आतिथ्यका लागि धन्यवाद पनि दिएका छन् ।

त्यसअघि परराष्ट्रसचिवद्वयबीच द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको थियो ।

सचिव पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा दुई–दिवसीय भ्रमणका लागि सचिव श्रृङ्गला बिहीबार काठमाडौँ आएका हुन् । उनको शुक्रबार गोरखा पुगेर भारत सरकारले त्यहाँ पुनःनिर्माण गरेका तीन विद्यालय भवन उद्घाटन गर्ने कार्यक्रम छ ।

दुईदिने भ्रमण सकेर उनी शुक्रबार नै स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ३ : ३८ बजे

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध