काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ३८९ जना कोरोना संक्रमितको विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचार भइरहरेको जानकारी दिएको छ ।
मन्त्रालयको तथ्यांक अनुसार ५६ जना भेन्टिलेटरमा र ३ सय ३३ जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन्।
आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १३६ जना आईसीयू र ३५ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६४ जना आईसीयू र २ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४३ जना आईसीयू र ६ जना भेन्टिलेटरमा र प्रदेश २ मा ४ आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै सुदुरपश्चिममा ८ आईसीयू र एक जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ६८ आईसीयू र ११ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा १२ आईसीयू उपचाररत रहेका छन्।
यसअघि बुधबार ४०८, मंगलबार ४ सय ५०,सोमबार ४ सय २८, आइतबार ४ सय २५ जना संक्रमित आईसीयू ÷भेन्टिलेटरमा उपचाररत रहेका थिए।
नेपालमा २ लाख २७ हजार ६ सय ४० जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। जसमध्ये २ लाख ९ हजार ४ सय ३५ जना निको भएर घर फर्किसकेका छन् भने १ हजार ४ सय १२ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया