यस वर्षको जाडोमा तापक्रम औसतभन्दा बढी नै रहनेछ : मौसमविद « Khabarhub

यस वर्षको जाडोमा तापक्रम औसतभन्दा बढी नै रहनेछ : मौसमविद


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मौसमविद् तथा वैज्ञानिकले यस वर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान गरेका छन् ।

जाडो समयमा तापक्रमको अवस्था कस्तो हुने भनेर विश्लेषण गर्न थालेका विभिन्न देशका मौसमविद् तथा वैज्ञानिकले तापक्रम केही सुख्खा रहने औँल्याएको जल तथा मौसम विज्ञान विभाग, हावापानी विश्लेषण शाखाका प्रमुख डा इन्दिरा कँडेलले जानकारी दिएका छन ।

सुख्खा हुने भन्नुको अर्थ औसतभन्दा केही बढी नै तामक्रम रहनु हो ।

दक्षिण एसियाली जलवायु आँकलन मञ्चले हरेक वर्ष हिउँद र वर्षाको समयमा यसैगरी हावापानी र जलवायुको अवस्था विश्लेषण गर्दै आएको छ ।

अहिले चिसोको अवस्था विश्लेषणका लागि छलफलमा जुटेको उक्त मञ्चको टोलीसँग जापान, कोरिया, बेलायत, अमेरिका, थाइल्याण्डका जलवायु विज्ञ तथा वैज्ञानिक सहभागी छन् । “यसपाली हिउँदको समयमा हुने मौसम परिवर्तनको अवस्थाबारे भएको प्रारम्भिक विश्लेषणमा धेरैजसो देशले सुख्खा हुने अर्थात तापक्रम औसतभन्दा बढी नै रहने विश्लेषण गरेको छ”, कँडेलले भने, “धेरै देशमा सरदर वर्षा हुन्छ भन्ने देखाएको छ, तापक्रम सरदर औसतभन्दा केही तातो हुनेछ, जापानले भने केही बढी वर्षा देखाइरहेको छ ।”

उनले सबैको विश्लेषण सकेर दक्षिण एसियाको औसत जलवायुको अवस्था सार्वजनकि गर्ने तयारी भइरहेको जानकारी दिए । त्यसपछि जल तथा मौसम विज्ञान विभागले नेपालको अवस्था के हुने भनेर सार्वजनिक गर्नेछ । विगत वर्षसम्म दक्षिण एसियाको विश्लेषणलाई नै आधार लिँदै आएको नेपालको जल तथा मौसम विज्ञान विभागले गत वर्षबाट भने आफैँले पनि अवस्था कस्तो रहने भनेर नक्सा तयार पारी सार्वजनकि गर्ने गरेको छ ।

“पहिला मञ्चले जे तयार पार्दथ्यो हामीले त्यही सार्वजनिक गर्ने गरेका थियौँ”, डा कँडेलले भने, “गत वर्षबाट नेपालले पनि विश्लेषण गरेर सार्वजनिक गर्न थालेको छ, केही दिनमा हामी सार्वजनिक गर्छौ”, डा कँडेलले यो वर्षको जाडोमा पश्चिमी वायु कम आउने देखिएको जानकारी गराए । मुख्यतः समुन्द्र र वायुमण्डलीय स्थितिको विश्लेषण गरेर निष्कर्ष निकालिने गरिन्छ । विभागका अनुसार गत वर्ष नेपालको पूर्वी भेगमा औसतभन्दा बढी चिसो भएको थियो भने अन्य क्षेत्रमा औसत अवस्था मै रहेको थियो ।

विभागको मौसम पूर्वानुमान महाशाखाले मुलुकभर चिसो बढिसकेको जनाएको छ । चिसो शुरु भएको र दैनिक चिसो बढ्दै जाने मौसमविद् प्रतिभा मानन्धरको भनाइ छ ।

उनका अनुसार नेपालमा आज र भोलि उच्च पहाडी÷हिमाली क्षेत्रमा थोरै हिमपातको सम्भावना छ । शुक्रबार रातिबाट भने केही सुधार आउने छ । अहिले पश्चिमी वायुको प्रभाव रहेको र भोलि रातिबाट भने त्यो पनि केही हट्दै जाने भएकाले सुधार हुनेछ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता जनार्दन गौतम चिसो मौसम बढेकाले त्यसबाट मानवीय क्षति कम गर्न आवश्यक तयारी थालिसकेको बताए ।

“प्राधिकरणले सबै जिल्लामा पत्राचार गरेर चिसोबाट मानवीय क्षति हुन नदिन आवश्यक तयारीमा जुट्न निर्देशन दिइसकेको छ, कार्ययोजनासहित पेश गर्न जिल्ला प्रशासनलाई निर्देशन भएको छ”, गौतमले भने ।

गत वर्ष तराईमा शितलहरबाट मानवीय क्षति न्यून भएको जानकारी गराउँदै गौतमले अहिले तयारीलाई अझै चुस्त पार्न लागिएको बताए । जिल्लाबाट चुनौतीको अवस्था र आवश्यक तयारीका कार्ययोजना आएपछि प्राधिकरणले थप रणनीतिका साथ आवश्यक निर्देशन दिने गौतमले जानकारी दिए । (रासस)

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ७ : २२ बजे

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति