नेपाल रिपब्लिक पार्टीद्वारा हिन्दूहरुमाथि पाकिस्तानी ‘दमन’को विरोध « Khabarhub

नेपाल रिपब्लिक पार्टीद्वारा हिन्दूहरुमाथि पाकिस्तानी ‘दमन’को विरोध


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल रिपब्लिक पार्टीले पाकिस्तानले हिन्दू मन्दिर तोडफोड गर्नुका साथै हिन्दूहरुमाथि ‘दमन तथा अत्याचार’ गरेको भन्दै विरोध जनाएको छ ।

पार्टीका प्रेसिडेन्ट सिद्धार्थ गौतमले विहीबार ‘विरोध पत्र’ सार्वजनिक गर्दै पाकिस्तान सरकारले हिन्दू मन्दिरहरु तोडफोड गरेको, हिन्दूहरुमाथि दोस्रो दर्जाको नागरिकको व्यवहार गरेको तथा हिन्दूहरुलाई ज्यानको धम्की दिएर धर्म परिवर्तन गराउनेसम्मका कार्य गरेको भन्दै यसको निन्दा गरेका हुन् ।

पार्टीले हिन्दूहरु जस्तै बौद्ध, सिख र ईसाई समुदायप्रति पनि पाकिस्तानले दोस्रो दर्जाको व्यवहार गरेको आरोप लगाएको छ ।

विरोधपत्रमा भनिएको छ,’यस्ता घोर मानवता विरोधी, प्रजातन्त्र विरोधी एवं बर्बरतापूर्ण कार्य तत्काल बन्द गरी हिन्दू लगायत सबै धर्मावलम्बीहरुसँग माफी माग्न र उनीहरुका धार्मिक स्थलहरुको मर्मत–सम्भार र पुर्निर्माण गरी सबैलाई आ–आफ्नो धर्म-आस्था निर्वाध रुपले अपनाउन सक्ने वातावरण तयार पार्न नेपाल रिपब्लिक पार्टी पाकिस्तान ईस्लामिक सरकारलाई सचेत गराउन चाहन्छ ।’

यसैगरी हालै फ्रान्समा ईस्लामिक आतंकवादको घटनाका विषयमा पाकिस्तानले गरेको समर्थनको समेत पार्टीले निन्दा गरेको छ ।

‘उइगुर मुस्लिमको नरसंहार भइरहेको अवस्थामा एक शब्द नबोल्ने पाकिस्तानी सेना समर्थित इमरान खान, हिन्दु, बौद्ध, शिख, इसाई, अहमदिया मुस्लिम माथिको अक्षम्य अपराधको जति भ्रर्त्सना गरे पनि कमै हुनेछ’, विरोधपत्रमा भनिएको छ ।

उसले इस्लामिक आतंकवादविरुद्धको विश्व लडाइँमा फ्रान्सेली राष्ट्रपति इमैनुएल मैक्रोंको पहलकदमी धर्मनिरपेक्ष, मानवअधिकार, विश्वबन्धुत्व, प्रजातन्त्र, अभिव्यक्तिको स्वतन्त्रता र विश्व मानव सभ्यताको पक्षमा निर्णायक कदम भएको जनाएको छ ।

पाकिस्तानले हिन्दू–बौद्ध सम्पदामाथि सुनियोजित रुपमा आक्रमण गरिरहेको उसले आरोप लगाएको छ ।

‘पाकिस्तान नियन्त्रित काश्मीरको गिलगित–बल्तिस्तान क्षेत्रमा ७ हजार वर्ष अघिका ५ हजार भन्दा बढी पुरातात्विक महत्वका बौद्ध शिलालेख र कलाकृतिका साथै पुरातात्विक वैभवले सम्पन्न एउटा सिंगो गाउँ नै डुबाउने गरी दियामर–भाशा बाँध बनाउन लागेको योजना षडयन्त्रप्रेरित रहेको छ’, विरोध पत्रमा भनिएको छ, ‘यो बाँध कम्युनिष्ट चीन सरकारको उक्साहट र सहयोगमा बनाउन लागिएकाले बौद्ध धर्ममाथिको आक्रमणमा ईस्लामिक-कम्युनिष्ट सहकार्य भएको सहजै बुझ्न सकिन्छ।’

विश्व बौद्ध समुदायको आस्था र भावनामाथि आँच आउने यस्ता कार्य तत्काल रोक्न समेत पार्टीले माग गरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ११ : १९ बजे

अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो 

काठमाडौं– छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने

उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण

जाम्फारा, नाइजेरिया- उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग

रसुवा बाढीले क्षतिग्रस्त महादेव फाँट-छबिसे सडक निर्माण तीव्र (तस्बिरहरू)

धादिङ– रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि