काठमाडौं- जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत प्रहरी नायब निरीक्षक यज्ञमणि वैदिकको रोनाका कारण बिहीबार मृत्यु भएको छ।
दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटका ४२ वर्षीय वैदिकको उपचारका क्रममा बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा मृत्यु भएको हो।
स्वास्थ्यमा समस्या भएपछि उनी मंसिर २ गते कोहलपुर मेडिकल कलेजमा उपचारका लागि पुगेका थिए।
बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनकलाई मंसिर ३ गते कोरोना पुष्टि भएको थियो। सोही दिन बेलुका उनी भेरी अस्पतालमा भर्ना भएका थिए।
उनलाई निमोनिया समेत भएको अस्पतालले जानकारी दिएको छ।
प्रतिक्रिया