फ्रान्समा पनि देखियो नयाँ प्रजातिको कोरोना भाइरस « Khabarhub

फ्रान्समा पनि देखियो नयाँ प्रजातिको कोरोना भाइरस


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फ्रान्समा पनि कोरोना भाइरसको नयाँ प्रजाति फेला परेको छ ।

डिसेम्बर १९ मा बेलायतबाट फ्रान्स फर्किएका टुअर्स शहरका एक व्यक्तिमा  नयाँ स्वरूपको कोरोना भाइरसको संक्रमण देखिएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि बेलायत र दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ प्रजाति फेला परेको थियो ।

कोरोना भाइरस (कोभिड-१९)को खोप भर्खरै प्रयोगमा आइरहँदा नयाँ प्रजातिको भाइरस अझ खतरनाक बनेर तीव्ररूपमा फैलिन थालेपछि विज्ञहरू चिन्तित बनेका छन् ।

फ्रान्सको स्वास्थ्य मन्त्रायले नयाँ कोरोना भाइरसबाट संक्रमित ती व्यक्तिलाई आइसोलेसनमा राखिएको जानकारी दिएको छ।

बेलायत र दक्षिण अफ्रिकामा फेला परेका कोरोनाको नयाँ रूप पहिलेका भाइरसभन्दा निकै घातक र संक्रामक रहेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ७ : ०१ बजे

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६