विश्वभर ८ करोड जनामा संक्रमण, ५ करोड ६४ लाख निको « Khabarhub

विश्वभर ८ करोड जनामा संक्रमण, ५ करोड ६४ लाख निको


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ७१ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । यो वृद्धिसँगै शनिबार बिहान यो समाचार तयार पार्दासम्म संक्रमित संख्या ८ करोड १ लाख ९४ हजार नाघेको छ ।

चीनको वुहानबाट सुरू भएको संक्रमण एक वर्षमा २१८ मुलुकमा पुगेको छ । यस अवधिमा विश्वभर १७ लाख ५६ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।

बितेको २४ घण्टामा ८ हजार ३७४ संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १७ लाख ५६ हजार ९४७ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म संक्रमणमुक्त हुनेको संख्या ५ करोड ६४ लाखभन्दा धेरै छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ लाख ३९ हजार २६ जना  संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड ६४ लाख ६० हजार २३० पुगेको हो ।

हाल विश्वमा २ करोड १९ लाख ७६ हजार ८५६ सक्रिय संक्रमित छन् । तीमध्ये १ लाख ५ हजार ७९९ जना गम्भीर बिरामी छन्।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ७ : १५ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको