पाथीभरा मन्दिर छेउको जंगलमा डढेलो « Khabarhub

पाथीभरा मन्दिर छेउको जंगलमा डढेलो

तीन दिनदेखिको डढेलो अझै नियन्त्रणमा आएन


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– प्रसिद्ध धार्मिकस्थल पाथीभर मन्दिर नजिकैको जंगलमा भीषण डढेलो लागेको छ।

फुङलिङ् नगरपालिका–११ मा पर्ने सिम्बु सामुदायिक वनमा तीन दिनदेखि डढेलो लागिरहेको स्थानीयले बताएका छन् ।

स्थानीय राजेन्द्र महतले दिएको जानकारी अनुसार डढेलो निकै ठूलो भएकाले नियन्त्रणमा लिन सक्ने अवस्था छैन ।

बिहीबार बेलुकादेखि नै आगो लाग्न थालेको पाइएको बताउँदै महतले स्थानीय शुक्रबार थाहा पाएर प्रहरीलाई खबर गरेको बताए । अहिले हावा पनि चल्न थालेकाले झन आगो फैलिएको भन्दै स्थानीय त्रसित भएका छन् ।

पाथीभरा मन्दिरदेखि डढेलो लागेको स्थल एक किलोमिटर तल पर्छ। आगो तत्काल नियन्त्रणमा लिन नसके मन्दिरसम्मै पुग्ने सम्भावना छ।

आगोले ठूलो फेदी बस्तीमा ल्याएको खानेपानीको पाइप डढेपछि पानी अवरुद्ध भएको छ। ताप्लेजुङ सदरमुकाम फुङलिङबाट समेत उक्त स्थानमा धुवाँको मुस्लोसहित आगो दन्किरहेको देखिन्छ। यो रेडपाण्डा पाइने क्षेत्र पनि हो।

आगलागी नियन्त्रणका लागि फुङलिङबाट नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीको टोली पठाउने तयारी भइरहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेले बताए।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ११ : ५७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्