स्वनाम साथीको समर्पण अनुकरणीय : प्रचण्ड « Khabarhub

स्वनाम साथीको समर्पण अनुकरणीय : प्रचण्ड


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका राष्ट्रिय सल्लाहकार परिषद्का सदस्य स्वनाम साथी (शशी शेरचन) को निधनप्रति दुःख व्यक्त गरेका छन् ।

स्वनाम साथीको शुक्रबार राति उपचारका क्रममा मोडल अस्पतालमा निधन भएको थियो । पछिल्लो समय उनमा निमोनियाको समस्या देखिएको थियो ।

अध्यक्ष दाहालले आज शोक वक्तव्य जारी गर्दै आन्दोलनप्रतिको समर्पण, वर्गीय मुक्ति, देशभक्ति र निजी स्वार्थको तिलाञ्जलि स्वनामको आदर्शपूर्ण पक्षका रूपमा रहेको बताए । “उहाँको यिनै आदर्श कम्युनिष्ट आन्दोलनका लागि प्रेरणादायी र अनुकरणीय रहने छ”, अध्यक्ष दाहालले वक्तव्यमा भनेका छन् । उनले स्वनाम साथीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

सम्पन्न परिवारमा जन्मेर पनि उनले विद्यार्थी जीवनदेखि नै सर्वहारा वर्गको मुक्तिका लागि सम्पूर्ण जीवन अर्पण गरेका थिए । स्वनामले विसं २०२५ मा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए । विसं २०३३ मा उनकै नेतृत्वमा सर्वहारा कम्युनिष्ट लिग गठन भएको थियो ।

विसं २०३८ मा स्वनामले सर्वहारा श्रमिक सङ्गठन नेपाल निर्माण गरी किसान आन्दोलन चलाएका थिए । योग र ध्यान साधनामा लागेका स्वनाम ‘ध्यान योग आरोग्य साधना नेपाल’ तथा शिक्षा मन्त्रालयद्वारा गठित ‘ध्यान योग प्रोटोकल कार्यदल, २०२०’ को संयोजकसमेत थिए । उनको जन्म विसं २००७ साउन १७ गते म्याग्दीको दर्वाङ–२ भएको थियो ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  १२ : २८ बजे

अस्पतालको गेटमै बच्चा जन्माउन बाध्य भइन् बबिता, सांसदहरूले भने : पैसा नहुने गरिबले यो देशमा उपचार नपाउने हो ?

राजविराज- सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

जलवायु असर अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सरकारलाई सुझाव

काठमाडौं– कृषि तथा प्राकृतिक स्रोत समितिले हिमाली तथा उच्च जोखिमयुक्त

उद्योगमन्त्री गौरी कुमारीले दिइन् राजीनामा

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा बुझाएकी

प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा

युद्धविरोधी रुसी नागरिकलाई पुटिनको दलविरुद्ध मतदान गर्न याशिनको आह्वान

हेलसिन्की- निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले आगामी विधायी निर्वाचनमा राष्ट्रपति