चितुवाको छाला र हड्डीसहित पक्राउ « Khabarhub

चितुवाको छाला र हड्डीसहित पक्राउ


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– चितुवाको छाला र हड्डीसहित तीन जना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका–४ का ३१ वर्षीय किरन पुन, आदर्श गाउँपालिका–५ लामीखालका ३५ वर्षीय वीरबहादुर धामी र २२ वर्षीय योगेन्द्र धामी रहेका छन् ।

कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई चितुवाको छाला र हड्डीसहित पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धनगढीमा बुझाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  १२ : ४४ बजे

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय