यस्ता छन् कागतीको बोक्राबाट मिल्ने ६ लाभ « Khabarhub

यस्ता छन् कागतीको बोक्राबाट मिल्ने ६ लाभ


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कागतीको रस निचोरपछि यसको बोक्रा हामी फ्याक्ने गर्दछौ । तर, कागतीको रस जतिकै बोक्रा पनि हाम्रो स्वास्थकालागि फाइदाजनक छ भन्दा पत्यार नलाग्ला ।

फिट र स्वास्थ रहन हामी कागतीको सेवन गर्दछौ । यसमा पाइने भिटामिनले हामीलाई स्वस्थ्य राख्न मद्दत गर्दछ । यस्तै कागतीको बोक्रामा समेत गुणकारी तत्वहरु पाइन्छ । जसले हामीले स्वास्थ्यसहित सुन्दरतामा समेत प्रभावकारी लाभ दिन्छ । के के छन् कागतीको बोक्राको उपयोगिता ?

१. कागतीको बोक्राको सेवन शरीरबाट कोलेस्ट्रोलको स्तर घटाउन उपयोगी हुन्छ । शरीरमा कोलेस्ट्रोलको अधिक मात्राले मुटुलाई समेत हानी पुर्‍याउन सक्छ ।

२. कागतीको बोक्रा हाम्रो शरीरको तौल घटाउन पनि उपयोगी हुन्छ । यसको सेवनले शरीरमा जम्मा भएर रहेको अतिरिक्त बोसोलाई हटाउने काम गर्दछ ।

३. कागतीको बोक्राको सेवनले क्यान्सरबाट जोगाउँछ । यसमा रहेको तत्वले क्यान्सरका सेल्सहरुसंग लड्नका लागि सहयोगी सावित हुन्छन् ।

४. कागतीको बोक्रा अनुहारमा दलेमा चाउरीपना, डण्डिफोर तथा गहिरो दाग समेत हराउने गर्दछ । यसमा पाइने एन्टिअक्सिडेन्टले छालालाई चम्किलो र आकर्षक पार्दछ ।

५. कागतीको बोक्रामा क्याल्सियम तथा भिटामिन सी पाइन्छ । जसले हड्डीसँग सम्बन्धित रोग ओस्टियोपोरोसिस, अर्थराइटिस तथा इन्फ्लेमेटरी पोलिअर्थराइटिसबाट बचाउँछ ।

६. हाम्रो शरीरमा विभिन्न प्रकारका टक्सिनहरु हुन्छन् । ती पदार्थहरुले हाम्रो शरीरलाई भित्रभित्रै कमजोर बनाउनुका साथै अल्कोहल तथा हानीकारण खाद्य पदार्थहरु सेवन गर्ने इच्छा बढाउँछ । यस्तोमा कागतीको बोक्रा आफ्नो अमिलो स्वाद तथा स्वभावका कारण, ती विषालु पदार्थलाई टाढा राख्न सहयोगी सावित हुन्छ ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  २ : ४२ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल