प्रधानमन्त्री कप महिला क्रिकेट : लुम्बिनीको विजयी शुरुवात « Khabarhub

प्रधानमन्त्री कप महिला क्रिकेट : लुम्बिनीको विजयी शुरुवात


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । दाङको देउखुरीमा शनिबारबाट शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनीले प्रदेश नं २ लाई ९ विकेटले हराउँदै विजयी शुरुवात गरेको हो ।

जितका लागि ७८ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले १६ दशमलब १ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । लुम्बिनीकी गीता गोसाईं ४२ बलमा २ चौका सहित २३ रनमा अविजित रहिन् । कप्तान नेरी थापा १३ बलमा २ चौका सहित १५ रनमा अविजित रहिन् ।

त्यसअघि लमहीको देउखुरी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको प्रदेश नं २ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७७ रन बनाएको थियो । प्रदेश २ का लागि ओपनर सना प्रविन र अनु चौधरीले सर्वाधिक २१–२१ रनको योगदान दिएका थिए।

लुम्बिनीकी सुस्मिता भुषालले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन्। शनिबारको दोस्रो खेलमा एपिएफले कर्णालीको सामना गर्दैछ ।

आइतबार प्रदेश नम्बर २ ले सशस्त्र प्रहरीको एपिएफसँग खेल्ने छ । दाङको देउखुरीमा आयोजित प्रतियोगितामा ७ वटा प्रदेशका प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफको सहभागिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा एपीएफ, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनी प्रदेश रहेका छन् । समूह ‘बी’ मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश नम्बर १ रहेका छन् । समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन । सेमिफाइनलका दुवै खेल १८ गते हुनेछ भने फाइनल खेल १९ गते हुनेछ ।

प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ३ : २५ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक