विदेशी चलखेलले विभाजनलाई मलजल गर्‍यो : नेता गजुरेल | Khabarhub Khabarhub

विदेशी चलखेलले विभाजनलाई मलजल गर्‍यो : नेता गजुरेल


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाका नेता हरिबोल गजुरेलले दल विभाजनको दुर्भाग्यपूर्ण अवस्थामा पुगे पनि जनआन्दोलनको उपलब्धि नै समाप्त पार्ने गरी गतिविधि नगर्न नेतृत्वलाई आग्रह गरेका छन् ।

उनले एकअर्काको योगदान र अस्तित्वलाई नै समाप्त पार्ने ढङ्गबाट शीर्ष तहबाटै भइरहेको गालीगलोज र टीकाटिप्प्णी रोक्न दुवै समूहलाई सुझाव दिएका छन् ।

नेता गजुरेलले भने, “स्थायी समितिको निर्णय विपरीत तथा अरु सम्भावनाको खोजीविनै संसदीय दलमा समेत छलफल नगरी संसद् भङ्ग गर्ने प्रधानमन्त्रीको कदम त्रुटीपूर्ण छ ।”

उनले पार्टी विभाजनले उपलब्धी संस्थागत गर्न चुनौती खडा हुने भएकाले तटस्थ रही एकताका लागि आफूले भगीरथ प्रयास गरे पनि अन्तरराष्ट्रिय चलखेल र स्वयम् नेताकै महत्वाकांक्षाले एकता जोगाउन बाधा पुगेको धारणा राखे ।

पार्टीको आन्तरिक जीवनमा देखिएका समस्या र थेग्नै नसक्ने गरी भएको विदेशी चलखेलले नेकपाको विभाजनलाई मलजल गरेको बताउँदै नेता गजुरेलले भने, “पछिल्लो समय थेग्नै नसक्ने गरी विदेशी चलखेलका घटनाक्रमले पार्टी विभाजनलाई थप सहयोग गर्यो‍ ।”

पार्टीलाई सिद्धान्त र विचारका आधारमा बलियो तुल्याउन गुटबन्दी होइन, विचार समूहको मात्रै अभ्यास गर्नु उचित हुने तर्क गर्दै उनले एकता कायम राख्न बालुुवाटार जाँदा प्रचण्डको तथा खुमलटार जाँदा प्रधानमन्त्रीका पक्षमा आफूले इमान्दारीपूर्वक वकालत गर्दै आएको बताए ।

 

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ६ : २६ बजे

उपचार पाए सबैखालका ब्रेनट्युमरको सफल उपचार सम्भव छ : डा. भट्टराई

‘ब्रेनट्युमर हुँदैमा डराउनु हुँदैन । यससँग जुध्नुपर्छ । लड्नुपर्छ र

कान्तिलोकपथ सडक पूर्ण रूपमा सञ्चालन

बागमती–  हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक आजदेखि सञ्चालनमा आएको छ । मकवानपुरको

वीर अस्पतालले जुन महिनाभरी ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया गर्ने

काठमाडौं– वीर अस्पतालले जुन महिनाभरी ब्रेन ट्युमरका बिरामीहरूको निःशुल्क शल्यक्रिया

प्रधानमन्त्री ओलीलाई चेपाङ समुदायबाट चिउरी उपहार

हेटौँडा–  मकवानपुरको राक्सिराङ गाउँपालिकाका चेपाङ समुदायले बागमती प्रदेशसभा सदस्य भारती

देश विकासमा योगदान गर्नेलाई सम्मान गर्नुपर्छ : धनराज गुरुङ

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देश विकासमा योगदान गर्नेलाई