नेकपा विभाजनको असर : प्रदेश १ मुख्यमन्त्री राईले गरे मन्त्री आङ्बोलाई पदमुक्त « Khabarhub

नेकपा विभाजनको असर : प्रदेश १ मुख्यमन्त्री राईले गरे मन्त्री आङ्बोलाई पदमुक्त


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक ममिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका छन् ।

मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीका अनुसार सरकार ढाल्ने गतिविधिमा संलग्न रहेको र अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान सञ्चालन गरेको भन्दै मुख्यमन्त्री राईले मन्त्री आङ्बोलाई पदमुक्त गरेका हुन् ।

मुख्यमन्त्री राईले नेपालको संविधानको धारा १६२ को उपधारा २ अनुसार मन्त्री आङ्बोलाई बर्खास्त गरेको सुवेदीले बताए।

मन्त्री आङ्बो प्रचण्ड–नेपाल समूहका हुन् भने मुख्यमन्त्री राई ओली समूहका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको असर क्रमशः प्रदेशहरुमा समेत देखिन थालेको छ । शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध नेकपाकै सासंदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए  ।

 

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ७ : ३६ बजे

यातायातका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा

काठमाडौँ- यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल

राष्ट्रिय सभा निर्वाचनमा दुई करोड ४० लाख रुपैयाँ खर्च

काठमाडौं- निर्वाचन आयोगले गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य

सीको कठोर ‘सफाया’पछि थला पर्‍यो चिनियाँ सैन्य नेतृत्व

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङले सैनिक नेतृत्वको ‘सफाया’ लाई तीव्र

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता