संसद विघटनविरुद्धको रिटमा अदालतले जनमतको कदर गर्छ : नेता रावल « Khabarhub

संसद विघटनविरुद्धको रिटमा अदालतले जनमतको कदर गर्छ : नेता रावल


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले संसद विघटनविरुद्ध परेको रिटमा सम्मानित अदालतले संविधान र जनमतको कदर गर्ने विश्वास व्यक्त गरेका छन् ।

शनिबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै नेता रावलले प्रधानमन्त्री ओलीले संविधान विपरित संसद विघटन गरेको भन्दै न्यायालयले उचित फैसला गर्ने बताए ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेकोमा आक्रोश पोख्दै संविधानको कुनै पनि धारामा संसद विघटनको कुरा उल्लेख नभएको तर्क गरे ।

रावलले आफू वरिपरिका बस्नेहरुले काम गर्न दइएन भन्नुपनि गलत भएको टिप्पणी गर्दै निजगढ, पोखरा, भैरहवा विमानस्थल लगाएतका आयोजना निर्माणमा कुनै अवरोध नभएको बताए ।

रावलले पार्टीको पुस १ गते बस्ने स्थायी कमिटीको बैठकबारे सुनाउँदै उक्त बैठक बस्नुअघि नै संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको बताए ।

भदौ २६ गतेनेकपाको स्थायी कमिटीले निर्णय गरिसकेपछि उक्त सहमतिमा अध्यक्षद्वय ओली र दाहालको हस्ताक्षर रहेको पत्र देखाउँदै सहमतिबाट ओलीपछि हटेको पनि रावलले आरोप लगाए ।

नेता रावलले ओलीसँग २९ प्रतिशत पनि केन्द्रीय सदस्यहरु नरहेको जिकिर गरे ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ९ : ५७ बजे

भुटानी शरणार्थी प्रकरण : थुनछेक बहस आजदेखि  

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहस

तरकारी र फलफूलको मूल्य आज कति?  

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको

छाडा चौपाया व्यवस्थापन भएपछि किसान खुसी

भजनी – कैलालीको भजनी नगरपालिका–१ का रामकुमार महतो कृषिमा आबद्ध

महानगरको शिक्षामा सीप कार्यक्रम उपयोगी छ

हामीले १२ कक्षासम्म पढ्ने विद्यार्थीको लागि थप के गर्न सकिन्छ

पर्यटकीय पूर्वाधार थपिएसँगै म्याग्दीको ताकमकोतमा चलहपहल 

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–७ मा रहेको ताकमकोतमा पर्यटकीय पूर्वाधार थपिएसँगै