‘पाकिस्तानमा जरदारीको राजीनामा र फिल्डमार्सल राष्ट्रपति बन्ने हल्ला निराधार’ « Khabarhub

‘पाकिस्तानमा जरदारीको राजीनामा र फिल्डमार्सल राष्ट्रपति बन्ने हल्ला निराधार’


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले राष्ट्रपति आसिफ अली जरदारीको राजीनामा वा सेना प्रमुख फिल्ड मार्शल असीम मुनीरको राष्ट्रपति बन्ने इच्छा सम्बन्धी सबै हल्लाहरूलाई निराधार र अनुमानात्मक भनेर कडाइका साथ अस्वीकार गरेका छन् ।

अंग्रेजी दैनिक ’द न्युज’ को रिपोर्ट अनुसार, विशेष कुराकानीमा प्रधानमन्त्रीले स्पष्ट भनेका छन्– फिल्ड मार्शल असीम मुनीरले कहिल्यै राष्ट्रपति बन्ने इच्छा व्यक्त गरेनन् र न त त्यस्तो कुनै प्रस्ताव विचाराधीन छ ।’

उनले राष्ट्रपति आसिफ अली जरदारी, फिल्ड मार्शल असीम मुनीर र आफू, तीनै जना बीचको सम्बन्ध पारस्परिक सम्मान र पाकिस्तानको विकास र समृद्धिप्रति साझा प्रतिबद्धतामा आधारित रहेको कुरामा जोड दिए ।

उनले राष्ट्रपति आसिफ अली जरदारीको राजीनामाको बारेमा केही मिडिया सर्कलमा फैलिएको समाचारमा कुनै सत्यता नभएको बताए ।

संघीय आन्तरिक मन्त्री मोहसिन नकवीले आधिकारिक एक्समा एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति जरदारी, प्रधानमन्त्री शेहबाज शरीफ र सेना प्रमुख विरुद्धको अभियानको कडा निन्दा गरेका बेला प्रधानमन्त्रीको स्पष्टीकरण आएको छ । नकवीले यसलाई ‘संगठित षड्यन्त्र’ भनेका छन् ।

सैन्य नेतृत्वको नजिक मानिने मोहसिन नकवीले भने– ‘यो संगठित अभियानको पछाडि को छ भन्ने कुरा हामीलाई राम्ररी थाहा छ । मैले स्पष्ट पारेको छु कि राष्ट्रपतिले राजीनामा दिने वा सेना प्रमुख राष्ट्रपति बन्ने बारेमा कुनै कुरा भएको छैन, न त त्यस्तो कुनै सोच नै छ ।’

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  २ : ४७ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको