संसद विघटनविरुद्ध काठमाडौँमा नागरिक समाजको प्रदर्शन  « Khabarhub

संसद विघटनविरुद्ध काठमाडौँमा नागरिक समाजको प्रदर्शन 


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौँ– नागरिक आन्दोलनका अगुवाहरुले संसद विघटनविरुद्ध काठमाडौंमा प्रदर्शन गरेका छन् ।

विभिन्न सचेत बौद्धिक, लेखक, कवि, कलाकार एवं नागरिकहरुको बृहत् नागरिक आन्दोलनले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई प्रतिगामी र गैरसंवैधानिक भन्दै शनिबार माइतीघर मण्डलमा शंख फुकेर प्रदर्शन गरेको हो ।

बृहत् नागरिक समूहले प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको मिलिभगतमा गरिएको यो गैरसंवैधानिक र जनविरोधी ‘कू’ले प्रतिगमनतर्फको यात्रालाई ताजा र क्रुर मोड दिएको’ उल्लेख गरेको छ ।

गत आइतबार प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनको कदमको विराध भएको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमले गणतन्त्र धरापमा परेको नागरिक अगुवाहरूको ठहर छ ।

यसअघि शुक्रबार नागरिक अगुवाहरूले संयुक्त अपिल जारी गर्दै प्रतिनिधिसभा विघटन गर्ने निर्णय संघीयता, समावेशितालगायतका उपलब्धिका लागि समेत खतरा बनेको जनाएका थिए ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  १० : १५ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र