विश्वको सबैभन्दा ठूलो विमानको परीक्षण उडान सफल « Khabarhub

विश्वको सबैभन्दा ठूलो विमानको परीक्षण उडान सफल


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विमाननिर्माता कम्पनी बोइङले दुईवटा इन्जिन भएको विश्वको सबैभन्दा ठूलो जेट ‘७७७ एक्स’ को पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ ।

उक्त अमेरिकी कम्पनीले निर्माण गरेका दुईवटा विमान दुर्घटनामा परेपछि ७३७ म्याक्स मोडलका सबै विमानको उडानमा गत वर्ष संसारभरि रोक लगाइएको थियो । ती दुर्घटनामा ३४६ जनाको मृत्यु भएको थियो ।

बोइङले आफ्नो छवि सुधार्ने प्रयासस्वरूप नयाँ विमानको परीक्षण गरेको मानिएको बीबीसीले जनाएको छ ।

अमेरिकाको सीयाटलनजिकै एउटा विमानस्थलबाट उडेको ७७७ एक्स विमानले चार घण्टापछि अवतरण गरेको थियो । तीव्र गतिमा हावा चलेकाले यस अघि दुईचोटि परीक्षण उडान स्थगित गरिएको थियो ।

झन्डै २५२ फुट लामो यो विमान यही वर्ष प्रयोगमा ल्याइने योजना भए पनि केही प्राविधिक समस्याका कारण ढिलो हुन पुगेको हो ।

यो मोडलको विमान बोइङको सफल ७७७ मिनी-जम्बो विमानको विशाल र परिष्कृत रूप हो । दोब्रिने विङ्टिप र संसारकै सबैभन्दा विशाल व्यावसायिक इन्जिन यो विमानका विशेषता हुन् ।

बोइङका बजारनिर्देशक वेन्डी सौवर्स भन्छन्, “यो विमानले कम्पनीका रूपमा हामीले गर्न सक्ने भव्य कामको प्रतिनिधित्व गर्छ।”

नयाँ मोडलका ३०९ वटा विमान बेचिसकिएको बोइङले जनाएको छ। तिनको कुल मूल्य ४४.२ करोड अमेरिकी डलरभन्दा बढी हुन्छ।

यो विमानले अर्को कम्पनी एअरबसको ३६० यात्रु अट्ने ए ३५०-१००० विमानसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ७ : ३१ बजे

महाधिवेशन प्रतिनिधि सीताको निष्कर्ष- अब अरु दलको चुनाव चिन्हमा भोट हालिँदैन

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र जारी

नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन

काठमाडौं– नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद

अमेरिकाको ब्रुमफिल्ड शहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध 

ललितपुर– ललितपुर महानगर र अमेरिको ब्रुमफिल्ड शहरबीच भगिनी सम्बन्ध कायम

कांग्रेसको त्रिपक्षीय वार्तामा जुटेन सहमति  

काठमाडौं– नेपाली कांग्रेसको विवाद समाधानका लागि मंगलबार बिहान भएको त्रिपक्षीय

त्रिशूली किनारमा बालुवाले पुरिएको गाडीको उत्खनन जारी

तनहुँ– तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेसी नजिक त्रिशूली नदीको किनारमा