धर्मभक्तको पूर्णकदको शालिक अनावरण « Khabarhub

धर्मभक्तको पूर्णकदको शालिक अनावरण


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जहाँनिया राणा शासनको विरुद्ध नेपाली जनताको स्वतन्त्रता र अधिकार प्राप्तिको संघर्षका क्रममा सहादत प्राप्त गरेका धर्मभक्त माथेमाको सम्झनामा पूर्ण कदको शालिक निर्माण भएको छ ।

माथेमालाई तत्कालिन शासकले झुण्ड्याएर मृत्युदण्ड दिएको सिफलको उकालोमा बकाइनाको रुख भएकै स्थानमा पूर्णकदको शालिक निर्माण भएको हो । काठमाडौँ महानगरपालिकाले निर्माण गरेको सो शालिक आज काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अनावरण गरेका छन् ।

करीब १७ लाखको लगानीमा निर्माण भएको सो शालिकको अनावरण गर्दै मेयर शाक्यले जनताको स्वतन्त्रता र अधिकार प्राप्तिको संघर्षका क्रममा सहादत प्राप्त गर्ने चार शहीद अहिले पनि हरेक नेपालीको मन–मुटुमा रहेको स्मरण गरे ।

‘उनले (चार शहीद धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, दशरथचन्द्र ठाकुर) मेरो र मेरो परिवारका लागि होइन राष्ट्र र जनताका लागि केही गर्नुपर्छ भन्ने निस्वार्थ भावनाले तत्कालिन राणा शासनका विरुद्धमा आन्दोनल गर्नुभयो,’ मेयर शाक्यले धर्मभक्तको पूर्णकदको शालिक अघिल्लतिर उँभिएर चार शहीदको सम्झना गर्दै भने ‘उहाँहरुले आफ्ना लागि केही माग्नु भएन । जति माग्नु भयो देश र जनताका लागि माग्नुभयो, त्यसकारण पनि हामी उहाँलाई सम्झिरहन्छौं र हाम्रो पुस्ताले पनि उहाँहरुलाई सम्झिरहनुपर्छ ।’

मेयर शाक्यले अहिले पनि म र मेरो परिवार भन्दा पनि राष्ट्र र जनताका लागि भनेर संघर्ष गर्नेहरुको सङ्ख्या निकै थोरै भएको भन्दै त्यतिबेला आफ्नो परिवारको सन्तान गुमाउने शहीद परिवारको सम्मानका लागि पनि महानगरपालिकाले चार शहीदका पूर्णकदका शालिक निर्माण गर्ने योजना बनाएको र त्यसले पूर्णता प्राप्त गरेको बताए ।

‘हामीले आज यहाँ धर्मभक्तको पूर्णकदको शालिक निर्माण गरेको छौँ,’ शाक्यले भन्नुभयो, ‘अब माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्द ठाकुरलाई गोली हानेर मृत्यु दण्ड दिएको शोभा भगवतीमा उहाँहरुको पूर्णकदको शालिक अनवरण गर्ने कार्यक्रम छ ।’

सहिद सप्ताह मुल समारोह समितिका संयोजक समेत रहेका मेयर शाक्यले शहीदहरुको सम्झनामा महानगरपालिकाले सप्ताहव्यापी कार्यक्रम कै आयोजना गरेको पनि बताए ।

‘हामीले चार शहीदको सम्झनामा आयोजना गरेको सप्ताहव्याीकार्यक्रम अन्र्तरगत नै माघ १० गते विहान शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको टेकु खरिवोट नजिक रहेको शास्त्रीको पूर्णकदको शालिकमा माल्यार्पण गर्र्यौ,’ उनले भने, ‘सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन अर्थात् माघ १६ गते शान्तिबाटिका भेला भएर सुरक्षा निकायको व्याण्ड र सहिदहरुको तस्विर राखिएको बग्गीसहितको प्रभात फेरी सहिद पार्क लैनचौरमा पुगेर श्रद्धाञ्जली सभामा परिणत हुनेछ ।

सो सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिको सहभागिता रहनेछ । सभामा नेपाली सेनाले सहिदको सम्मानमा ‘सम्मा गारद’ अर्पण गर्नेछ । त्यसै दिन मध्यान्न १२ बजे एक तोपको सलामी अर्पण गरिनेछ ।’

शालिक कलाकार महेश तुलाधरले बनाउनु भएको हो । शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा र माथेमालाई माघ १३ गते सिफल उकालो बकाइनाका रुपमा झुण्ड््याएर मृत्युदण्ड दिइएको थियो । उहाँ वि. सं. १९६६ साल आश्विन १ गते काठमाडौंको ओमबहालमा जन्मिएका थिए त्यस्तै गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवतीमा गोली हत्या गरिएको थियो ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  १२ : ०७ बजे

मल आपूर्तिमा सहजीकरण गर्न मन्त्री चौधरीको पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण

काठमाडौंमा चिनियाँ राजदूत झाङ माओमिङको स्वागतसँगै ‘वसन्तको स्वर’ सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत झाङ माओमिङको

कूटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ : इरान

एजेन्सी– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार कूटनीति राष्ट्रिय

सहकारी पीडितको बचत फिर्ता गराउन मन्त्रालयको सक्रियता, महान्यायाधिवक्ता र सीआईबी प्रमुखसँग मन्त्रीको छलफल 

काठमाडौं – समस्याग्रस्त सहकारी संस्थामा अड्किएको बचतकर्ताको रकम फिर्ता गराउन

वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं– काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि सक्रिय रूपमा