आजदेखि नेपालमै कोरोना भाइरसको नमूना परीक्षण « Khabarhub

आजदेखि नेपालमै कोरोना भाइरसको नमूना परीक्षण


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा कोरोना भाइरसको संक्रमण देखिन थालेपछि सरकारले नेपालमै कोरोना भाइरस परीक्षण गर्ने किट ल्याएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्कालका लागि एक सय जना बिरामीको परीक्षण गर्न सकिने गरी नोवल कोरोना भाइरस प्राइमर किट नेपालमा ल्याएको हो ।

विदेशी सप्लार्यसमाफर्त एक सय जनालाई पुग्ने किट आज टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइपुगेको स्रोतले बतायो ।

‘एउटा सप्लार्यस मार्फत कोरोना भाइरसको संक्रमण परीक्षण गर्ने किट मगाइएको थियो, हामीले तत्काललाई ५ सयको परीक्षण गर्न मिल्ने गरी किट मगाएका थियौं’ स्रोतले खबरहबसँग भन्यो, ‘आज बिहान एक सय जनालाई परीक्षण गर्न पुग्ने किट जनस्वास्थ्य प्रयोगशालामा आइपुगेको छ ।’

स्रोतका अनुसार नेपालमा कुनैपनि व्यक्तिमा कोरोना भाइरसको लक्षण देखिएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नै परीक्षण हुनेछ ।

जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरसको लक्षण देखिएका बिरामीको २४ घण्टाभित्रमा कोरोना भाइरस छ वा छैन भनेर पत्ता लगाउन सक्ने स्रोतको भनाइ छ ।

‘कोरोना भाइरसको लक्षण देखिएका बिरामीको परीक्षण किट आइपुगेको छ, अब नेपालमै परीक्षण हुने भएपछि एउटा व्यक्तिको रिपोर्ट २४ घण्टाभित्र आउँछ’ स्रोतले खबरहबसँग भन्यो ।

नेपालमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि स्वास्थ्य मन्त्रालय, जनस्वास्थ्य प्रयोगशाला, इपिडिमियोलोजी लगायत स्वास्थ्य निकायले विश्व स्वास्थ्य संगठनलाई कोरोना भाइरसको परीक्षण किटकको व्यवस्थापनका लागि सहयोग गर्न अपिल गरेको थियो ।

तर विश्व स्वास्थ्य संगठनले तत्काल किट उपलब्ध गराउने संकेत नदेखिएपछि स्वास्थ्य मन्त्रालयले एक सप्लार्यस माफर्त कोरोना भाइरसको परीक्षण किटको व्यवस्थापन गरेको हो ।

यसअघि चीनबाट फर्किएका एक नेपालीमा कोरोना भाइरसको लक्षण देखिएपछि उनको स्याम्पल परीक्षणका लागि हङकङ पठाइएको थियो ।

चीनबाट पुस २९ गते नेपाल फर्किएका ती युवामा कोरोना भाइरसको संक्रमण भएको हङकङमा गरीएको परीक्षणले देखाएको थियो ।

नेपालमा कोरोना भाइरसको परीक्षण किट नहुँदा ती युवामा कोरोना भाइरसको संक्रमणको पुष्टि नहुँदै अस्पतालले डिस्चार्ज गरेको थियो ।
यस्तै कोरोना भाइरसको आशंकामा शुक्रराज अस्पतालमा भर्ना भएका अन्य दुईजनाको पनि स्याम्पल परीक्षणका लागि हङकङ नै पठाइएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले नेपालमा कोरोना भाइरसको संक्रमण फैलनसक्ने खतरालाई मध्यनजर गर्दै पूर्व तयारीमा जुटेको बताए ।

‘हामीले चीनबाट आउने हरेक व्यक्तिको स्क्रीनिङ गर्दैछौं, चाइनाबाट आउने सबैको विमानस्थलमै चेकजाँच हुन्छ, यस्तै पैदल आउने तातोपानी र रसुवाको कोरला नाकामा पनि हामीले विशेष व्यवस्थापन गर्ने तयार गिरेका छौं ।’

प्रवक्ता श्रेष्ठका अनुसार कोरोना भाइरसको लक्षण देखिएका व्यक्ति चेकजाचको क्रममा भेटिएमा उनीहरुलाई सिधै अस्पताल लगेर विशेष निगरानीमा राखी कोरोना भाइरसको परीक्षण गरिने छ ।

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको संक्रमण फैलन नदिन त्रिभुवन विमानस्थलमा विशेषज्ञ चिकित्सक सहित ८ जना स्वास्थ्यकर्मी परिचालन समेत गरेको छ ।

विमानस्थलमा विदेशबाट आउने पर्यटक तथा स्वदेश फर्किएका नेपालीको थर्मल स्क्यानरबाट ज्वरोको परीक्षण गर्ने व्यवस्था समेत गरीको छ । विमानस्थलमा कोरोना भाइरसको लक्षण देखिएका बिरामी भेटिएमा उनीहरुलाई अन्य मानिसको संक्रमणमा आउन नदिइ सिधै अस्पतालमा परीक्षण तथा उपचारको लागि लगिने व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठको भनाइ छ ।

‘एयरपोर्टमा कोरोना भाइरसको लक्षण देखिएको व्यक्ति भेटियो भने उसलाई हामी अरु मान्छेको सम्पर्कमा आउन नदिइ सिधै अस्पताल लैजाने व्यवस्था गरेका छौं,’ प्रवक्ता श्रेष्ठले भने, ‘अस्पतालमा लगेर कोरोना भाइरस छ, छैन परीक्षण गरेर, यदि रहेछ भनेर कोरोना भाइरस नेगेटिभ नदेखिएसम्म अस्पतालमै निगरानीमा राख्छौं । यदि कोरोना भाइरस नेगेटिभ छ भने मात्र अस्पतालबाट जान दिन्छौं ।’

स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै सबै सरकारी तथा निजी अस्पताललाई स्वास्थ्य उपचारको कार्ययोजना सहित तयारी अवस्थामा रहन निर्देशन समेत दिइसकेको छ ।

कोरोना भाइरसको आशंका गरिएका बिरामीको तत्काललाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र नेपाल आर्मी अस्पतामा आइसोलेसन वार्ड सहितको उपचारको व्यवस्थापन गरीएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले जनाकारी दिए ।

कोरोना भाइरस के हो ?

कोरोना भाइसरको वास्तविका नाम नोवेल कोरोना भाइरस हो । यो भाइरस चीनमा पत्ता लागेको हो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो ।

कोरोना भाइरस पशुपंक्षी तथा सी फुडको माध्यमबाट सर्ने गर्छ । तर अहिले मानिसमा पनि यो रोगको भाइरस देखिएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि सर्ने गर्छ । कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ ।

कोरोना भाइरस हुँदा ज्वरो आउने, खोकी लाग्ने, छिटोछिटो सास फेर्नु, सास फेर्न गाह्रो हुने लगायतका समस्या देखा पर्छन् ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  १२ : ३१ बजे

जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धन : थलथले पोखरी नयाँ गन्तव्य

भोजपुर– जलस्रोत संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगै अघि बढाउने उद्देश्यका

रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति गरिँदै

म्याग्दी– म्याग्दीको रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नतिको काम सुरु भएको छ ।

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।

वर्ष ०८२ : नयाँ निर्देशकको कब्जामा ‘हिट लिस्ट’, स्टारहरूकै फिल्म चौपट

काठमाडौं – जेन–जी आन्दोलन र चुनावका कारण यो वर्षको रिलिज

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको