आस्था राउतविरुद्ध ‘कानूनी प्रक्रिया’ शुरु, ‘सहमति’ भए आजै छुट्न सक्ने ! | Khabarhub Khabarhub

आस्था राउतविरुद्ध ‘कानूनी प्रक्रिया’ शुरु, ‘सहमति’ भए आजै छुट्न सक्ने !


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विमानस्थलमा सुरक्षार्थ खटिएकी महिला प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउतविरुद्ध कानूनी प्रक्रिया शुरु गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको भवनमा सुरक्षार्थ तैनाथ प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै दिएको उजुरीका आधारमा पक्राउ पूर्जी जारी भएपछि आस्था आज (सोमबार) आफैं प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् ।

प्रहरी जवान श्रेष्ठको जाहेरीका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते (आइतबार) आस्थाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

भारतको सिक्किममा तय भएको एउटा सांस्कृतिक कार्यक्रममा प्रस्तुती दिने गरी झापाको भद्रपुर विमानस्थलका लागि विमान चढ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी आस्थाले सुरक्षार्थ तैनाथ महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको विषय सार्वजनिक भएको थियो ।

करिब २ हप्ताको सिक्किम बसाईपछि नेपाल फर्किएकी आस्था ‘सम्पर्क’मा आएसँगै प्रहरीले उनीविरुद्ध कानूनी प्रक्रिया शुरु गरेको हो । यद्यपि, राउत पक्षले भने ‘सहमति’मै मुद्दा टुंग्याउने प्रयास थालेको छ ।

प्रहरी जवान श्रेष्ठलाई उजुरी फिर्ता लिन लगाएर सहमतिकै आधारमा मुद्दा टुंग्याउने प्रयास भइरहेको आस्था निकट स्रोतको भनाइ छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले पनि अहिले दुवै पक्षबीच आपसी ‘सर–सल्लाह’ भइरहेको जनाएको छ ।

‘उजुरीकर्ताले उजुरी फिर्ता लिन्छु भने पछि कुनै पनि आरोपितलाई प्रहरीले थुनेर राख्ने भन्ने हुँदैन,’ महानगरीय प्रहरी परिसर स्रोतले भन्यो, ‘आस्थाजीको केसमा पनि अहिले उहाँहरु छलफलमा हुनुहुन्छ । पीडित पक्षले मुद्दा फिर्ता लिन चाहेमा उहाँ आजै पनि छुट्न सक्नुहुन्छ ।’

यद्यपि, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटी भने आस्था राउतविरुद्ध कानूनी प्रक्रिया शुरु गरिएको बताउँछन् ।

‘प्रहरीले कुनै पनि मुद्दामा प्रहरीले कानूनानुसार नै प्रक्रिया अगाडि बढाउने हो । हामीले पनि कानूनी प्रक्रिया अगाडि बढाएका छौं,’ डिएसपी बोगटीले भने ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  १ : १२ बजे

अमलाचौरको रुम्टा गाउँका १६ घरमा लिफ्टमार्फत खानेपानी पहुँच

गलकोट– तीन महिना अघिसम्म खानेपानी बोकेर घरमा ल्याउँदै आएकी जिल्लाको

रामहरिलाई रास्वपाको सुझाव- गल्ती स्वीकारेर समितिबाट राजीनामा दिनुस्

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्को राज्य व्यवस्था

नागार्जुनमा नयाँ पर्यटकीय पूर्वाधार निर्माण

काठमाडौं–  तारकेश्वर नगरपालिका–३ मा सुविधासम्पन्न पर्यटकीय पूर्वाधार निर्माण भएको छ ।

बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य

गण्डकी– तीनवटै तहका सरकारसँगै सरोकार भएका सबैको सामूहिक प्रयासलले बालश्रम

प्रि ओपन सेसन : नेप्सेमा साढे १ अंकको वृद्धि

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल