बुद्धिमान हुन खानुस् शाकाहारी खाना « Khabarhub

बुद्धिमान हुन खानुस् शाकाहारी खाना


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शाकाहारी खाना खादा मष्तिष्कलाई ताजा राख्न मद्दत मिल्ने अनुसन्हधानकर्ताहरुले दावी गरेका छन् ।

मासुमा पाइने तत्व चाँडै पच्दैन । जबकि शाकाहारी खाना चाँडै पच्छ । शाकाहारी भोजनमा रोगसंग लड्ने क्षमता पनि बढी हुने गर्दछ ।

तरकारीमा भिटामिन, एन्टिअक्सिडेन्ट, एमिनो एसिडजस्ता अति आवश्यक तत्व पाइन्छन् । शाकाहारी भोजनमा प्रोटिन, कार्बोहाइड्रेटजस्ता तत्व पाइन्छन्, जो स्वास्थ्यका लागि लाभदायी मानिन्छन् ।

यस्तै, फाइबर, क्यालोरी, भिटामिन पाइन्छन्, जसले विभिन्न रोगबाट मानिसलाई बचाउँछ । शुद्ध शाकाहारी भोजन गर्ने व्यक्तिलाई मुटु रोग, पेट तथा फोक्सोको क्यान्सर हुने सम्भावना पनि कम हुन्छ ।  शाकाहारीलाई स्तन क्यान्सरको खतरा पनि कम हुने देखाएको  अनुसन्धानदाताहरुले जनाएका छन ।

मृगौलाको समस्या भएकालाई पनि शाकाहारी भोजन लाभदायी हुन्छ । यसले मानिसको आयु लम्ब्याईदिन्छ । मासु खाँदा प्राप्त हुने तत्व वनस्पतीबाट पनि पाइन्छ । उदाहरणका लागि माछा, मासु र अण्डाबाट प्राप्त प्रोटीन वनस्पतीबाट पनि पाइन्छ ।

शाकाहारीमा मुटुमा रगत प्रवाह गर्ने धमनीसंग संबन्धित समस्या हुने सम्भावना कम हुन्छ । उनीहरुमा कुल तरल कोलेस्टेरोल तथा कम घनत्ववाला लिपोप्रोटीन कोलेस्टेरोलको मात्रा कम पाइन्छ । तर, उच्च घनत्ववाला लिपोप्रोटिन कोलेस्टेरोलको मात्रा भने तपाइ कस्तो खालको शाकाहारी भोजन ग्रहण गर्नुहुन्छ भन्नेमा भर पर्ने बताइन्छ ।

यस्तै, यस्ता व्यक्तिमा उच्च रक्तचाप हुने सम्भावनामांसाहारीको तुलनामा कम हुन्छ । उच्च रक्तचाप तौल र नुन सेवनमा निर्भर गर्दैन । शाकाहारीलाई मृगौलाको समस्या कम हुने सम्भावना हुन्छ । पिसाबद्वारा प्रोटीन निस्कनु, कोशिकाद्वारा रगत छान्ने गति, रक्तसञ्चार तथा मृगौलासंग सम्बन्धित विकार मांसाहारीको तुलनामा शाकाहारीमा कम पाइन्छ ।

अमेरीकन मेडिकल एसोसिएसनको इन्टरनल मेडिसिन जर्नलमा ७० हजार मानिसमाथि गरिएको अनुसन्धानपछि अनुसन्धानदाताहरु शाकाहारी भोजनले मानिसलाई बुद्धिमान बनाउने निष्कर्षमा पुगेका हुन ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  १ : ३९ बजे

ककरोच पार्टीको आन्दोलनमा बलिउड : सलमानदेखि प्रीति जिन्टासम्म कसले के भने ?

भारतमा पछिल्ला केही सातादेखि चर्चाको केन्द्रमा रहेको ककरोच जनता पार्टीको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बाइकमा उभिएर भिडियो बनाउँदै गरेका सांसद गुप्ताको तस्बिर भाइरल

काठमाडौं– पछिल्लो समय सरकारले ट्राफिक नियम कार्यान्वयनलाई कडाइका साथ अघि

आत्मदाहको बढ्दो शृङ्खला : गहिरो संकट र राज्यप्रतिको मौन विद्रोह, रोक्न के गर्ने ?

काठमाडौँ – गत असार २५ गते त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय

चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा

भद्रपुर– ताप्लेजुङको लेलेपको हिमाली बस्ती छाडेर चार दशकअघि मधेस झरेका