आत्मदाहको बढ्दो शृङ्खला : गहिरो संकट र राज्यप्रतिको मौन विद्रोह, रोक्न के गर्ने ? « Khabarhub

आत्मदाहको बढ्दो शृङ्खला : गहिरो संकट र राज्यप्रतिको मौन विद्रोह, रोक्न के गर्ने ?


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गत असार २५ गते त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि मुगु घर भएका गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए । राजधानीमा पठाओ चलाएर संघर्ष गर्दै आएका उनले यस्तो अप्रत्यासित कदम चालेपछि घटनास्थलमा उपस्थित सबैलाई स्तब्ध बनायो । तत्काल उद्धार गरी उनलाई वीर अस्पताल पुर्‍याइयो, तर उपचारकै क्रममा उनले प्राण त्यागे ।

एउटा नागरिकले सार्वजनिक स्थलमा आफ्नै शरीरमा आगो सल्काएको यो पीडादायी दृश्यको राप शान्त हुन नपाउँदै भोलिपल्टै अर्को दुःखद् खबर आयो । रौतहट र राजधानीकै बुद्धनगरमा पनि आत्मदाहका घटना भए । आत्मदाह गर्ने दुवै जनाको उपचारकै क्रममा मृत्यु भयो ।

पछिल्लो दुई–तीन सातायता देशका विभिन्न भागमा आत्मदाहको प्रयासका झण्डै १० वटा घटना सार्वजनिक भइसकेका छन् । तीमध्ये चार जनाको मृत्यु भइसकेको छ भने ६ जनाको कीर्तिपुर बर्न अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

पछिल्लो दुई–तीन सातायता देशका विभिन्न भागमा आत्मदाहको प्रयासका झण्डै १० वटा घटना सार्वजनिक भइसकेका छन् । तीमध्ये चार जनाको मृत्यु भइसकेको छ भने ६ जनाको कीर्तिपुर बर्न अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

एउटा नागरिक आफ्नै शरीर जलाउनेसम्मको चरम र दर्दनाक निर्णयमा कसरी पुग्छ ? के यो केवल व्यक्तिको मानसिक विचलन हो वा हाम्रो सामाजिक, आर्थिक र राज्य व्यवस्थाको गम्भीर असफलता ? यो भने प्रश्नको विषय बनेको छ ।

मनोविद् पद्‍मप्रकाश घिमिरे अहिले भइरहेका आत्मदाहका घटनालाई केबल मानसिक रोग वा आत्महत्याको रूपमा मात्र हेर्न नहुने बताउँछन् । उनका अनुसार यो मूलतः समाजमा व्याप्त प्रतिकूल अवस्था, आर्थिक थिचोमिचो र सहयोगी प्रणालीको अभावले सिर्जित मनोसामाजिक सङ्कट हो ।

संसारभर आत्महत्यालाई रोक्न वा बचाउन सकिने घटनाका रूपमा हेरिने भन्दै मनोविद् घिमिरेले यस्ता घटनालाई सामाजिक हिसाबमा पनि सम्बोधन गर्नुपर्ने धारणा राख्छन् । गणेश नेपालीकै घटनाक्रम विश्लेषण गर्दा पनि ’आजलाई यस्तो भइहाल्यो, भोलिदेखि यस्तो नगर्नू भाइ’ भनेर कसैले सहानुभूतिपूर्वक कसैले सम्झाएको वा सहजीकरण गरिदिएको भए यस्तो घटना नहुने उनी बताउँछन् ।

पहिलेदेखि नै अप्ठ्यारो अवस्थामा रहेका मानिसलाई राज्य वा निकायबाट रुखो उत्तर र असहयोग मिल्दा त्यसले भावनात्मक रूपमा ठूलो चोट पुर्‍याउने र मानिस यस्तो चरम बाटो रोज्न पुग्ने उनले बताए । सरकारी निकाय, वित्तीय क्षेत्र र यहाँसम्म कि न्यायिक निकायबाट अपनाइने कठोर र असहयोगको नीतिका कारण कमजोर मनोस्थिति भएका व्यक्ति झनै थिचिने गरेको उनको विश्लेषण छ ।

आत्मदाह बढ्नुको कारण

छोटो समयमै यति धेरै आत्मदाहका घटना दोहोरिनुका पछाडि मनोविद् घिमिरेले विभिन्न कारण औंल्याएका छन् । उनका अनुसार पछिल्लो समय ऋण, कालोसूचीजस्ता वित्तीय सङ्कट आत्मदाहको मुख्य कारण बनेको छ । राष्ट्र बैंक, अर्थ मन्त्रालय वा अदालतजस्ता निकायले ’ऋण त तिर्नैपर्छ’ भन्ने खालका आक्रामक र एकपक्षीय नीति वा अभिव्यक्ति दिँदा, ऋण तिर्न नसकेर कालोसूचीमा परेका वा मारमा परेका ऋणीमा गहिरो भावनात्मक चोट पुग्छ ।

नागरिक अप्ठ्यारोमा परेर राज्यका निकाय वा सेवा केन्द्रमा पुग्दा उनीहरूका समस्या सुनिदिने र सहजीकरण गरिदिने दायित्व राज्यको भएको उनले बताए । तर, सहजीकरण र समन्वयको साटो सरकारी तथा वित्तीय निकायबाट गैरजिम्मेवार र रुखो जवाफ पाउँदा पीडितलाई झनै निराशाको खाडलमा धकेलिरहेको घिमिरेको बुझाइ छ ।

त्यस्तै, नेपालको सामाजिक संरचना र सहयोग प्रणाली कमजोर हुनु पनि आत्मदाहको कारण रहेको उनी बताउँछन् । समस्यामा परेका व्यक्तिलाई ’हामी छौँ’ भनेर आड भरोसा दिने सामाजिक वा संस्थागत संरचना नहुँदा व्यक्ति आफूभित्रै गुम्सिन बाध्य हुने उनले उल्लेख गरे ।

जलनका घाइतेको अवस्था झन् जटिल

आत्मदाहको प्रयास पछि बाँच्न सफल भएका र हाल अस्पतालमा उपचार गराइरहेका व्यक्तिको अवस्था झनै संवेदनशील र जटिल हुने मनोविद् घिमिरे बताउँछन् । जलनको शारीरिक दुखाइ अत्यधिक गहिरो र असह्य हुन्छ । यसले व्यक्तिमा आत्मग्लानि र ’म फेरि पहिले जस्तै बाँच्न सक्दिनँ कि’ भन्ने गहिरो डर/डिप्रेसन पैदा गर्छ । त्यस्तै, कमाउने मुख्य मान्छे नै थला परेपछि परिवारका अन्य सदस्य उसको स्याहारसुसारमा खटिनुपर्दा घरको आम्दानी ठप्प हुन्छ। यसले परिवारलाई झन् ठूलो आर्थिक ऋणमा धकेल्छ ।

उपचारपछि निको भएर घर फर्किंदा पनि उनीहरूलाई पहिले जस्तै काम गर्न सकिन्छ कि सकिन्न भन्ने चिन्ता हुन्छ । जलनबाट बँचेपछि कसरी जीवनयापन गर्ने र समाजले आफूलाई कसरी हेर्छ भन्ने विषयले पनि पीडितलाई समुदायमा पुनः स्थापित हुन ठूलो मनोसामाजिक चुनौती खडा गर्छ ।

मनोविद् घिमिरेका अनुसार आत्महत्या वा आत्मदाहको निर्णयमा पुग्नुअघि व्यक्तिले केही न केही सङ्केत छाडेको हुन्छ । उसको पारिवारिक र सामाजिक व्यवहारमा परिवर्तन आउँछ । उसले जीवन सिध्याउने, थाकेको महसुस गर्ने वा नकारात्मक कुराहरू गर्ने सङ्केत दिन्छ ।

यस्तो अवस्थामा परिवारका सदस्य, आफन्त र साथीभाइले ती सङ्केत समयमै चिनेर ‘तपाईँलाई के भइरहेको छ ? म छु नि साथमा’ भनेर ढाडस दिनुपर्ने उनी बताउँछन् ।

आत्मदाह र आत्महत्याको यो भयावह चक्र रोक्न मनोविद् घिमिरेले केही नीतिगत र सरकारी तहमा तत्काल गर्नुपर्ने काम गर्नुपर्ने औँल्याएका छन् ।

अर्थ मन्त्रालय र राष्ट्र बैंकले समन्वय गरी ऋण तिर्न नसकेर कालोसूचीमा परेका वा सङ्कटमा परेका ऋणीका लागि छुट्टै ’सुनुवाइ र सहजीकरण इकाई’ बनाउनुपर्छ । यस्तो एउटै निर्णयले देशभरका लाखौँ नागरिकलाई राहत मिल्न सक्ने उनको सुझाव छ ।

त्यस्तै, विशेषगरी गाउँबाट शहरमा आएका मानिसलाई नयाँ ठाउँमा कसैलाई चिन्दैनन् र सहयोग पाउने ठाउँ थाहा पाउँदैनन् । त्यसैले, त्यस्ता व्यक्तिलाई शहरी इलाकामा राज्यले ’सुनुवाइ तथा परामर्श केन्द्रहरू’ स्थापना गर्नुपर्छ, जहाँबाट उनीहरूले जीवनको सही बाटो र सुझाव पाउन सक्ने वातावरण बनाउनुपर्ने उनले बताए ।

‘राज्यले आफ्ना नागरिकका लागि आफू अभिभावक भएको अनुभूति दिलाउनुपर्छ, जसले गर्दा नागरिकले जहाँ गए पनि राज्य छ भन्ने विश्वास गर्न सकून् ।’

राज्यका निकायहरूले पनि जनआक्रोश साम्य पार्न अथवा थामथुम पार्नका लागि मात्र ‘हामी गर्छौँ’ भनेर गलत आश्वासन दिनु हुँदैन । व्यावहारिक परिवर्तन र साँच्चिकै राहत हुने कार्यक्रम नल्याइ गलत आश्वासन दिँदा पीडित मानिस झन् पीडित हुने र आक्रोश बढ्ने खतरा हुने घिमिरेको बुझाइ छ ।

‘राज्यले आफ्ना नागरिकका लागि आफू अभिभावक भएको अनुभूति दिलाउनुपर्छ, जसले गर्दा नागरिकले जहाँ गए पनि राज्य छ भन्ने विश्वास गर्न सकून्,’ उनले भने ।

सरकार, वित्तीय संस्था, परिवार र समाजले अब ढिला नगरी आफ्ना नागरिक र सदस्यका कुरा सुन्ने, उनीहरूका लागि ’सारथी’ बन्ने र जीवन्त आशाको सञ्चार गराउने जिम्मेवार पाइला चाल्न आवश्यक रहेको घिमिरे बताउँछन् ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ७ : ५९ बजे

नागरिकका गुनासा सुन्दै गाउँटोलमा सांसद रानामगर

भद्रपुर– गाउँको चौतारोदेखि अस्पतालको बैठक कोठा र सरकारी कार्यालयका ढोकासम्म

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम – मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ

ककरोच पार्टीको आन्दोलनमा बलिउड : सलमानदेखि प्रीति जिन्टासम्म कसले के भने ?

भारतमा पछिल्ला केही सातादेखि चर्चाको केन्द्रमा रहेको ककरोच जनता पार्टीको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बाइकमा उभिएर भिडियो बनाउँदै गरेका सांसद गुप्ताको तस्बिर भाइरल

काठमाडौं– पछिल्लो समय सरकारले ट्राफिक नियम कार्यान्वयनलाई कडाइका साथ अघि