झापा जिल्ला तोरीमा आत्मनिर्भर « Khabarhub

झापा जिल्ला तोरीमा आत्मनिर्भर


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– कृषिका लागि उर्वर झापा जिल्ला यो वर्षदेखि तोरीमा आत्मनिर्भर बन्ने भएको छ ।  तोरी खेतीतर्फ निजी तथा सहकारी खेतीको आकर्षण बढेसँगै उत्पादन बढ्ने भएकाले यो वर्षदेखि झापा आत्मनिर्भर बन्ने भएको कृषि ज्ञान केन्द्रका प्राविधिक शेषराज पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार गत आव २०७५/७६ मा झापामा दुई हजार ६४० हेक्टरमा तोरी खेती गरिएको थियो । सो वर्ष २ हजार ६०० मेट्रिक टन तोरी उत्पादन भएको थियो । चालू आव २०७५/७६ मा ३ हजार हेक्टरमा लगाइएको तोरी खेतीबाट ४ हजार ५०० मेट्रिक टन उत्पादन हुने कृषि ज्ञान केन्द्रको प्रक्षेपण छ । ४ हजारभन्दा बढी मेट्रिक टन तोरीले जिल्लालाई आत्मनिर्भर बनाउने भएकाले यसबाट अर्थतन्त्रमा अत्यन्त सकारात्मक योगदान पुग्ने प्राविधिक पौडेलको भनाइ छ ।

झापाका १५ वटै स्थानीय तहमा तोरी खेती हुँदै आएको छ । त्यसमध्ये मेचीनगर, हल्दिबारी, अर्जुनधारा, केचना, शिवसताक्षी र कनकाईमा प्रायः सबै गाउँबस्तीमा तोरी खेती लगाइने गरिन्छ ।

नेपाल सरकारको नीतिअनुसार झापाको ज्ञान केन्द्रले हल्दिबारी गाउँपालिका र कनकाई नगरपालिकालाई तोरीको पकेट क्षेत्र घोषणा गरेको छ । त्यहाँका किसानलाई सङ्गठित गरेर तोरीखेतीमा प्रोत्साहित गर्न ज्ञान केन्द्रबाट रु आठ लाखका दरले अनुदान दिइएको प्राविधिक पौडेलले जानकारी दिए ।

कृषि प्राविधिक खिरबहादुर श्रेष्ठका अनुसार बलौटे र दोमट माटोमा तोरी खेती फस्टाउँछ । श्रेष्ठ आफैँले शिवसताक्षी नगरपालिका–२ धरमपुरमा २ बिघा जमीनमा विगत ५ वर्षदेखि तोरी खेती गर्दै आएको बताए ।

अर्जुनधारा निवासी संविधानसभा सदस्य प्रेम गिरीले आफूलाई वर्षभरि पुग्नेगरी तोरी खेती गर्दै आएका छन् । बुद्धशान्ति–७ का किसान खगेन्द्र उप्रेतीले सुपारी बारीभित्र समेत तोरी खेती गरेका छन् ।

विगतमा बाँझो रहने गरेका खेतमा किसानले उन्नत प्रविधि प्रयोग गरेर खेती गर्न थालेपछि गाउँहरु यतिबेला तोरी फुलेर पहेलपुर भएको देखिन्छन् । ‘पहिला बाँझो देखिने जमीनमा यतिबेला तोरी फुलेर पहेंलपुर छ,’ प्रविधिक श्रेष्ठ भन्छन्, ‘विगत १० वर्षयता झापामा तोरी खेतीको व्यापक विस्तार भएको छ, अब भारतबाट तेल खरिद सायदै गर्नुपर्दैन ।’ सहकारी संस्थासमेत तोरी खेतीतर्फ आकर्षित भएका छन् ।

गौरादह–६ मा महारानी झोडा कृषि सहकारी संस्थाले चार बिघा जमीनमा तोरी खेती गरेको छ । महिलाले मात्र सञ्चालन गरेको सो सहकारीले त्यहाँ उत्पादन भएको सबै तोरी उन्नत बीउका लागि भएको संस्थाकी अध्यक्ष मीना ढकालले बताइन् ।

विगत ३ वर्षदेखि तोरीको बीउ उत्पादन गरिरहेको सहकारीको उत्पादित वस्तुको ग्रेडिङ उद्योेग पनि छ । ‘बीउको ग्रेडिङ गरेर बजार पठाउँछौँ,’ ढकालले भनिन्, ‘यहाँ उत्पादित तोरीको बीउ इलाम, मोरङ, सुनसरी, सिरहा र सप्तरीसम्म माग हुने गरेको छ ।’

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  २ : ५१ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००