आस्था राउत भन्छिन्, कानूनअनुसार कारबाही भोग्न तयार छु « Khabarhub

आस्था राउत भन्छिन्, कानूनअनुसार कारबाही भोग्न तयार छु


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका आस्था राउत यतिबेला प्रहरी नियन्त्रणमा छिन् । उनीविरुद्ध अभ्रद व्यवहारको जाहेरी परेपछि आस्था आफै प्रहरी परिसर पुगेकी थिइन् ।

सरकारी वकिलकहाँ जाने क्रममा गायिका राउतले पत्रकारहरुसँग कुरा गर्दै आफू कानूनअनुसार कारबाही स्वीकार गर्न तयार भएको प्रतिक्रिया दिएकी छिन् । उनले कानूनभन्दा माथि कोही नभएको पनि बताइन् ।

जाहेरी परेपछि प्रहरीकहाँ आफै पुगेकी राउतले प्रहरीलाई सहयोग गर्न चाहेको बताएकी थिइन् । ‘कानूनलाई सहयोग गर्न आएकी हुँ, कानूनअनुसारको कारवाही स्वीकार गर्छु,’ राउतले भनिन् ।

राउतविरुद्ध महिला प्रहरी जवान रमिता श्रेष्ठले जाहेरी दिएकी थिइन् । केही हप्ताअघि महिला प्रहरी र आस्थाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकिङका क्रममा भनाभन भएको थियो ।

गायिका राउतले ती महिला प्रहरीले अपमानजनक व्यवहार गरेको भन्दै फेसबूक लाइभमा आएर प्रहरी प्रशासनलाई गाली गरेकी थिइन् । आस्थाले प्रयोग गरेका केही शब्दका कारण राउत विवादमा तानिएकी थिइन् । त्यसपछि ती महिाला प्रहरीले आस्थाविरुद्ध जाहेरी दिएकी थिइन् ।

पहिले प्रहरीलाई राउतलाई फरार सूचीमा राखे पनि परिवारले गायिका राउतलाई आफै प्रहरी कार्यालय पुर्‍याएको थियो ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ३ : ०० बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६