आस्था राउत भन्छिन्, कानूनअनुसार कारबाही भोग्न तयार छु « Khabarhub

आस्था राउत भन्छिन्, कानूनअनुसार कारबाही भोग्न तयार छु


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका आस्था राउत यतिबेला प्रहरी नियन्त्रणमा छिन् । उनीविरुद्ध अभ्रद व्यवहारको जाहेरी परेपछि आस्था आफै प्रहरी परिसर पुगेकी थिइन् ।

सरकारी वकिलकहाँ जाने क्रममा गायिका राउतले पत्रकारहरुसँग कुरा गर्दै आफू कानूनअनुसार कारबाही स्वीकार गर्न तयार भएको प्रतिक्रिया दिएकी छिन् । उनले कानूनभन्दा माथि कोही नभएको पनि बताइन् ।

जाहेरी परेपछि प्रहरीकहाँ आफै पुगेकी राउतले प्रहरीलाई सहयोग गर्न चाहेको बताएकी थिइन् । ‘कानूनलाई सहयोग गर्न आएकी हुँ, कानूनअनुसारको कारवाही स्वीकार गर्छु,’ राउतले भनिन् ।

राउतविरुद्ध महिला प्रहरी जवान रमिता श्रेष्ठले जाहेरी दिएकी थिइन् । केही हप्ताअघि महिला प्रहरी र आस्थाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकिङका क्रममा भनाभन भएको थियो ।

गायिका राउतले ती महिला प्रहरीले अपमानजनक व्यवहार गरेको भन्दै फेसबूक लाइभमा आएर प्रहरी प्रशासनलाई गाली गरेकी थिइन् । आस्थाले प्रयोग गरेका केही शब्दका कारण राउत विवादमा तानिएकी थिइन् । त्यसपछि ती महिाला प्रहरीले आस्थाविरुद्ध जाहेरी दिएकी थिइन् ।

पहिले प्रहरीलाई राउतलाई फरार सूचीमा राखे पनि परिवारले गायिका राउतलाई आफै प्रहरी कार्यालय पुर्‍याएको थियो ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ३ : ०० बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक