सभामुख सापकोटा विरुद्धको रिट ‘हेर्दाहेर्दै’मा « Khabarhub

सभामुख सापकोटा विरुद्धको रिट ‘हेर्दाहेर्दै’मा


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनिर्वाचित सभामुख अग्नि सापकोटाविरुद्ध परेको रिट निवेदनलाई सर्वोच्चले ‘हेर्दाहेर्दै’मा राखेको छ ।

रिटमाटिथको सुनुवाईका लागि सोमबार न्यायाधीश सपना प्रधान मल्लको इजलाशमा पेशी तोकिएकोमा हेर्दाहेर्दैमा राखिएको हो ।

गत शुक्रबार (माघ १०) वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद सापकोटालाई सभामुख निर्विचित गर्ने प्रक्रिया रोक्नका लागि आदेश जारी गर्न मागदाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

त्रिपाठीको रिटमाथि सुनुवाईका लागि आइतबार न्यायाधीश हरि प्रसाद फुयालको इजलाशमा पेशी तोकिएकोमा उनले हेर्न नमिल्ने भएपछि सुनुवाई स्थगित भएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सोमबार न्यायाधीश मल्लको इजलाशमा पेशी तोकेका थिए ।

तर, सोमबार पनि सुनुवाई नसकिएको सर्वोच्च अदालत स्रोतले जानकारी दियो ।

सापकोटा भने सभामुखमा निर्वाचित भएर पद्भार समेत सम्हालिसकेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकले सापकोटालाई निर्विरोध रुपमा सभामुखमा निर्वाचित भएको घोषणा गरेको थियो । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका सापकोटाले सोमबार नै पद्भार सम्हालिसकेका छन् ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ४ : ३३ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

तराईमा हुस्सु, केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज