दिशा पटानीलाई चुम्बन गर्दा यी अभिनेतालाई लागेन अलिकति पनि अप्ठेरो « Khabarhub

दिशा पटानीलाई चुम्बन गर्दा यी अभिनेतालाई लागेन अलिकति पनि अप्ठेरो


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री दिशा पटानी आजभोलि खुबै चर्चामा आउने गर्छिन् । उनका हरेक फिल्म एकपछि अर्को गर्दै हिट भएका छन् । करिअरको छोटो समयमा सलमान खानदेखि टाइगर श्राफसँग दिशाले रोमान्स गर्ने मौका पाएकी छिन् ।

उनी यतिबेला सलमान खानको फिल्म ‘राधे’ मा पनि अनुबन्ध भएकी छिन् ।

पछिल्लो समय भने दिशा फिल्म ‘मलंग’ का कारण चर्चामा छिन् । फिल्मको ट्रेलर रिलिज भएको छ र यो रुचाइएको पनि छ ।

ट्रेलरको एक दृश्यमा दिशालाई बिकिनी अवतारमा देख्न सकिन्छ । यो लूकलाई फ्यानले खुबै मन पराएका छन् । फिल्मको एक पोस्टरको पनि चर्चा छ । किनकि, दिशा र आदित्यले फरक तरिकाले चुम्बन गरिरहेका हुन्छन् ।

हालै आदित्यसँग यो दृश्यका बारेमा सोधियो कि, के उनलाई दिशासँग किसिङ सिन दिँदा अप्ठेरो भएको थियो ?

यसमा आदित्यले भने, ‘फिल्मको छायांकनका बेला अलिकति पनि अप्ठेरो भएन, न त कुनै अचम्म नै लाग्यो ।’

आदित्यले दिशाको तारिफ पनि गरे । साथै यो दृश्य दिनका लागि दिशाले पनि सहजता बनाइदिएको उनले बताए ।

मोहित सुरीले निर्देशन गरेको यो फिल्ममा अनिल कपूरको पनि भूमिका छ । फिल्मको ट्रेलरले राम्रो चर्चा कमाएको छ ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ४ : ५१ बजे

टंक र अशोकबीच झगडा भएको हो ? किन छुट्टिएर फर्किए झापा ?

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीले ८ वर्षअघि झापाको

प्रधानमन्त्रीसँग ज्ञानेन्द्र शाहीले उठाए कर्णालीको विकासका ९ मुद्दा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री

पूर्वराष्ट्रपति भण्डारीले लिइन् अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

पश्चिम एशियाली द्वन्द्वले नयाँ मोड लिने चिन्ता, शान्ति कहिले छाउला ?

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने

सर्वोच्चले दिएन रमेश लेखकको पक्षमा आदेश, हिरासतमै राखेर अनुसन्धान गर्ने बाटो खुल्यो

काठमाडौं- सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै