दयाहाङ, पल र वर्षालाई लिएर ‘दुई नम्बरी’ बनाउँदै दिपेन्द्र « Khabarhub

दयाहाङ, पल र वर्षालाई लिएर ‘दुई नम्बरी’ बनाउँदै दिपेन्द्र


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा चलचित्र ‘२ नम्बरी’को बन्ने भएको छ । आज राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रको ‍औपचारिक घोषणा गरियो ।

निर्माण टिमका अनुसार फिल्मले २ साथीको कथा पस्किनेछ । पहिलोपटक दयाहाङ राई र पल शाहले यही फिल्मबाट एकसाथ काम गर्दैछन् । चलचित्रको शीर्ष भूमिकामा नायिका वर्षा राउत र बुद्धि तामाङको पनि अभिनय रहनेछ ।

निर्देशक लामाले एक गाउँका २ जना साथी, उनीहरुको मित्रता र दुश्मनीको कथामा यो चलचित्र बन्ने बताए । चलचित्रले दुई नम्बरी कामलाई पनि उठाउने उनले बताए ।

कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले पनि चलचित्रको कथा मन परेपछि आफू काम गर्न तयार भएको प्रतिक्रिया दिए । यता पल शाहले पनि कथाले आफूलाई तानेको भन्दै थपे ।

रेड बर्ड प्रोडक्शन र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा कार्यकारी निर्माताको रुपमा रत्न श्रेष्ठ छन् ।

किरण नेपालीको प्रस्तुतीमा तयार हुन लागेको चलचित्रमा रोहित कट्टेल र सरोज नेपालीको लगानी रहनेछ । यस्तै चलचित्रमा  अमलादेवी राई सह–निर्माण रहनेछ ।

सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहने यो चलचित्रको छायांकन माघको २५ गतेबाट थालिने जनाइएको छ ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ६ : ५४ बजे

पच्चिस करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं– उद्योग विभागले स्थिर पुँजी २५ करोडभन्दा कम पुँजी भएका

धनुषामा कर्फ्यु हटाइयो, संवेदनशील क्षेत्रमा निषेधाज्ञा

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश हटाउँदै आज बिहान

हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु

कर्णाली– हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको घरदैलोमा सवारी चालक अनुमतिपत्र

मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनबारे छलफल

झापा– प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज

सिरहा गोलबजारमा कर्फ्यु यथावत (तस्बिर)

सिरहा– सुनसरीको घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर