रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धी विधेयक सच्याउन माग | Khabarhub Khabarhub

रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धी विधेयक सच्याउन माग


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्यले रेडियो, एफएम र टेलिभिजन प्रसारणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ नियन्त्रणमुखी रहेको आरोप लगाउँदै सच्याएर अघि बढ्नुपर्ने बताएका छन् ।

बैठकमा उक्त विधेयकमाथिको छलफलमा भाग लिने प्रदेशसभा सदस्यले लोकतन्त्रको मुटु मानिने प्रेसलाई सङ्कुचित र कुण्ठित पार्ने प्रावधान राखिनु संविधानविपरीत भएको जिकिर गरे ।

उनीहरुले आमसञ्चार नीति बनाइसकेपछि मात्र रेडियो, एफएम र टेलिभिजन प्रसारणको व्यवस्था गर्ने विधेयक ल्याउनुपर्ने, यो विधेयक तयार पार्नुअघि सरोकारवालासँग लिइएको सुझावको बेवास्ता गरिएको, सङ्घीय सरकारले ल्याउने विधेयकसँग नबाझिने गरी विधेयक ल्याउनुपर्ने, रेडियो एफएम र टेलिभिजनको व्यवस्थापन र नियमन गर्नका लागि प्रेसलाई जवाफदेही र पारदर्शी बनाउनुपर्ने बताएका छन् ।

आन्तरिक मामिला तथा कानूनमन्त्रीको तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रेसलाई कुण्ठित र सङ्कुचित गर्ने कुरा सरकारले कल्पना गर्न नसक्ने बताए । उनले भने, “विधेयकमा कमीकमजोरी भए आगामी दिनमा परिस्कृत गर्न सकिन्छ ।”

उक्त विधेयकमाथि भएको छलफलमा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अक्कलबहादुर रावल र पूर्णा जोशी, प्रतिपक्षी नेपाली काँग्रेसका भरतबहादुर खड्का, श्यामलाल रानाथारु, राष्ट्रिय जनता पार्टीका मालामतिकुमारी रानाथारुले भाग लिनुभएको थियो ।

यसअघि उक्त विधेयकमाथि छलफल गरियोस् भनी मन्त्री बोहराले पेश गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले छुट्टाछुट्टैरुपमा निजी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र साझेदारी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ टेबुल गरे । अर्को बैठक यही माघ १५ गते दिउँसो १ बजे बजेका लागि बोलाइएको छ ।

प्रदेशसभामा प्रस्तुत रेडियो, एफएम र टेलिभिजन प्रसारणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ मा प्रदेशभित्र रेडियो, एफएम, टेलिभिजनको व्यवस्थापन र नियमन गर्नका लागि प्रदेश मिडिया बोर्ड गठनको व्यवस्था गरिएको छ ।

मन्त्री अध्यक्ष रहने उक्त बोर्डमा मन्त्रालयका सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिमका अध्यक्ष सदस्य रहने र मन्त्रालयको सुरक्षा समन्वय महाशाखाका प्रमुख, सदस्य सचिव रहने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  १० : ४५ बजे

कालीगण्डकी कोरिडोर : नौ किलोमिटर कालोपत्र

म्याग्दी – बेनी–जोमसोम–कोरला सडकअन्तर्गत नौ किलोमिटर भुरुङ–तातोपानी– घाँसा खण्ड कालोपत्र

बीपीको आत्मवृतान्त : राजालाई महिलाबाट जोगाउन भारतको चिठी !

कुनै अंग्रेजी सिनेमा थियो, सानो थियो। कुनै चाखलाग्दो थिएन। दुईजना

फुटबल खेलाडी सावित्रा भण्डारीको सम्मानमा ‘साम्बा’ चोक नामकरण

पोखरा– फुटबल खेलमा नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल खेलाडी सावित्रा

काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध पाटन उच्च अदालतमा जाँदै रवि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज पाटन उच्च

धवलागिरीमा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

पोखरा– म्याग्दीको धवलागिरि गाउँपालिका– २, लुलाङको पाखापानी स्थित नकटेडाँडा नजिकै