ल्याब रिपोर्ट गोप्य राख्दै महाशाखाले भन्यो- एक जनामा मात्रै काेराेनाको संक्रमण « Khabarhub

ल्याब रिपोर्ट गोप्य राख्दै महाशाखाले भन्यो- एक जनामा मात्रै काेराेनाको संक्रमण


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतकाे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरसको संक्रमण एक जना नेपालीमा मात्र देखिएको बताएको छ ।

सोमबार दिउँसो थप एक जना महिलालाई पनि कोरोना भाइरसको संक्रमण देखिएको विभिन्न मिडियामा समाचार सार्वजनिक भए पनि मन्त्रालयले भने एक जनामा मात्र संक्रमणको पुष्टि भएको बताएको हो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा विवेक कुमार लालले भने, ‘अहिले धेरै ठाउँबाट परीक्षणका लागि रिपोर्टहरू आइरहेको छ, म यतिमात्र भन्न सक्छु आजसम्म जतिपनि टेष्टहरू भएको छ त्यो कुनैपनि पोजेटिभ छैन ।’

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत ४८ वर्षीय एक महिलामा कोरोना भाइरस भेटिएको खबर अस्पताल स्रोतबाटै बाहिरिएको थियो ।

महाशाखाले जारी गरेको वज्ञप्तिमा ती महिलाका विषयमा कुनै पनि कुरा उल्लेख गरिएको छैन ।  कुनै पनि थप व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि नभएको विवरण मात्र उल्लेख छ।

‘कोरोना भाइरस फैलिएको समयमा सबैले यसको संक्रमणा फैलन नदिन लाग्नु पर्ने अवस्थामा चिकित्सकलाई समेत रोगबारे नबोल्नु भनेर निर्देशन दिइएको छ’, महाशाखाकै एक स्वास्थ्यकर्मीले खबरहबसँग भने, ‘अस्पताल, इपिडिमियोलोजी र स्वास्थ्य मन्त्रालयका व्यक्तिहरूले सूचना समेत लुकाइरहेका छन्।’

उनले महाशाखाले सूचना लुकाउने प्रयास गरेको दाबी गरे । उनले भने, ‘सूचना नलुकाइएको हो भने जो व्यक्तिका विषयमा खबर बाहिर आएको हो उनको भाइरस नदेखिएको रिपोर्ट किन सार्वजनिक गरिएन ?’

अस्पताल स्रोतका अनुसार ती महिलाको मंगलबार पुनः प्रयोगशालामा नमुना परीक्षण गर्ने तयारी भएको छ।

जनस्वास्थ्य प्रयोगशालामा आज सोमबारदेखि नै कोरोना भाइरसको परीक्षण थालिएको हो ।

महाशाखाका निर्देशक लालले कुनैपनि व्यक्तिमा संक्रमण नभएको पुष्टि गरे पनि सोमबारदेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोग शालामा शुरू गरिएको परिक्षण भने पूरा नभइसकेको जनस्वास्थ्य प्रयोगशाला स्रोतले बतायो ।

” आज परीक्षण कीट आएपछि दुइजनाको परीक्षणा शुरू गरिएको थियो, तर यहाँ गरेको परीक्षणको नतिजा आउन २४ घण्टा लाग्छ ।’, स्रोतले खबरहबसँग भन्यो ।

कोरोनाकै आशंका गरिएका एक अमेरिकी नागरिक र अर्का एक जना ३२ वर्षीय युवामा भने कोरोना भाइरस नदेखिएको अस्पताल जनाएको छ । उनीहरु दुवैजना चीनबाट फर्किएका थिए।

यसअघि एक जना नेपालीमा कोरोना भाइरसको संक्रमण भने पुष्टि भइसकेको छ। ती व्यक्ति उपचारपछि अस्पतालबाट डिस्चार्ज समेत भइसकेका छन्।

महाशाखाको बिज्ञप्ति

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ९ : ११ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको