'कोरोना भाइरस' नियन्त्रणमा सतर्कता अपनाउन १२ बुँदे निर्देशन | Khabarhub Khabarhub

‘कोरोना भाइरस’ नियन्त्रणमा सतर्कता अपनाउन १२ बुँदे निर्देशन


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको अवस्थामा यसबारे उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा नेपालको पर्यटन क्षेत्र र जनस्वास्थ्यमा यसको नकारात्मक प्रभाव पर्न नदिन अपनाउनुपर्ने पूर्वसतर्कता, जनचेतना र समन्वयका सम्बन्धमा छलफल गरी मन्त्रालयले मातहतका निकायमा निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङका अनुसार  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा (हेल्थ डेस्क) स्वास्थ्य कक्ष स्थापना गरी चीनबाट आएका पर्यटकमा उक्त भाइरसको सङ्क्रमणको अनुमान गर्न निर्देशन दिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई नेपाल आउने हवाईजहाजहरु अवतरण गर्नुपूर्व यात्रुहरुलाई हेल्थ डेस्कमा गई आधारभूत जाँच गराउने व्यवस्था गर्न तथा विश्व स्वास्थ्य सङ्गठनले तोकिदिएको मापदण्डबमोजिम अवतरणको समयमा जहाजलाई सङ्क्रमणबाट बचाउने व्यवस्था गर्न निर्देशन दिइएको छ ।

त्यस्तै विमानस्थलमा कार्यरत कर्मचारीहरुलाई कार्यस्थलमा मास्क, पञ्जा र आवश्यकतानुसारका अन्य स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गर्नसमेत निर्देशन दिइएको छ ।

यी हुन् मन्त्रालयका १२ बुँदै निर्देशन

१.  मूलुकको अन्तर्राष्ट्रिय हवाई प्रवेश विन्दुको रुपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा Dedicated Health Check Desk का लागि आवश्यक पर्याप्त स्थान उपलब्ध गराउने, समन्वय एवम् सहजीकरण गर्ने।

२.  विशेष गरी छिमेकी मित्रराष्ट्र चीनबाट आएका पर्यटकमा यस भाइरसको संक्रमणको अनुमान गर्न सकिने  कुनैपनि लक्षण देखिएमा होटल, ट्राभल/ट्रेकिङ्ग एजेन्सी लगायतका सरोकारवालाबाट यथाशिघ्र तोकिएको स्वास्थ्य संस्थामा पुर्याउने व्यवस्था मिलाउने।

३.  नेपाल आउने हवाईजहाजहरु अवतरण गर्नुपूर्व यात्रुहरुलाई Dedicated Health Check Desk मा गई आधारभूत जाँच गराउन Announce गर्ने व्यवस्था तथा विश्व स्वास्थ्य संगठनले तोकिदिएको मापदण्ड बमोजिम अवतरणको समयमा Aircraft Disinfection गर्ने व्यवस्था त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले तत्काल मिलाउने।

४.  पर्यटकलाई सेवा दिने निजी क्षेत्रका सवै संस्थाहरुले यस भाइरसको बारेमा अवलम्बन गर्नुपर्ने सजगता एवम् पूर्व सावधानी सम्बन्धमा आफ्ना कर्मचारीलाई तत्काल सु-सूचित गर्ने गराउने।

५.  कुनैपनि स्वास्थ्य सम्बन्धी उल्लेखित भाइरसबाट आउन सक्ने समस्याका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएका सूचना एवम् गर्नुपर्ने आवश्यक सहयोगमा पूर्ण सक्रियताका साथ कार्य गर्ने गराउने।

६.  नेपालमा स्थलमार्गबाट समेत पर्यटक प्रवेश गर्ने स्थानहरु खासगरी रसुवा, यारीनाका लगायत उत्तरी सिमानाकाहरु समेतमा उल्लेखित सतर्कता र पूर्वसावधानीहरु अपनाउने।

७.   उल्लेखित भाइरसको सम्भावना भएका बिरामीलाई तत्काल Isolation मा राख्नुपर्ने भएकोले यस सम्बन्धमा सबैले पूर्व सावधानी एवम् सजगताका साथ कार्य गर्ने गराउने।

८.   विमानस्थलमा कार्यरत कर्मचारीहरुले कार्यस्थलमा मास्क, पञ्जा र आवश्यकतानुसारका अन्य स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गर्ने।

९.  चिनीयाँ पर्यटकको बढी उपस्थिति हुने जस्तै काठमाण्डौ, पोखरा, चितवन, लुम्बिनी जस्ता स्थानहरुमा यस सम्बन्धमा विशेष पूर्व सावधानी अवलम्बन गर्ने गराउने।

१०. कोरोना भाइरसबाट बच्ने र बचाउने उपायका सम्बन्धमा जनचेतना बृद्धि गर्ने किसिमका क्रियाकलापहरु सबैले गर्ने गराउने।

११.  मानिसहरुको धेरै आवतजावत हुने धार्मिक, साँस्कृतिक स्थानहरुमा सचेतनामूलक प्रचार प्रसार कार्य संचालन गर्ने।

१२. कोरोना भाइरस सम्बन्धी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेका पोष्टर, पम्पलेट, सूचना मूलक अन्य प्रचार सामाग्री पर्यटन विभाग र नेपाल पर्यटन बोर्डको समन्वयमा प्राप्त गरी प्रमुख होटल तथा ट्राभल/ट्रेकिङ्ग कम्पनीका कार्यस्थलमा पर्यटकले देख्नेगरी राख्ने व्यवस्था मिलाउने।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ९ : ४४ बजे

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा– १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने २१

अर्धशतक बनाएर आउट भए सन्दीप जोरा

काठमाडौं- सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाएका छन् । एसीसी प्रिमियर

अर्थमन्त्री पुनको अमेरिका भ्रमण : माथिल्लो अरुणको वित्तिय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित 

काठमाडौं– संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण

वाणिज्य बैंकहरूको नाफा घट्यो, नेपाल बैंकको ९२.६७ प्रतिशतले गिरावट

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक अवधिमा बैंकहरूको नाफामा