प्रदेश नं १ को प्रदेशसभा अधिवेशन माघ २३ देखि « Khabarhub

प्रदेश नं १ को प्रदेशसभा अधिवेशन माघ २३ देखि


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रदेश नं १ को प्रदेशसभाको आगामी पाँचौँ अधिवेशन यही माघ २३ गते शुरु हुने भएको छ ।

प्रदेश नं १ को मुख्यमन्त्रीको कार्यालय तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले आगामी हिउँदे अधिवेशन यही माघ २३ बोलाउनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय गरिएको आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

यसैगरी बैठकले प्रदेश लगानी बोर्डको कार्यकारी निर्देशकमा डा सरोज कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै मुख्यमन्त्रीको आर्थिक सल्लाहकारमा डा महेन्द्रबहादुर गुरुङ, जनसम्पर्क सल्लाहकारमा रामकुमार बस्नेत र सूचना प्रविधि सल्लाहकारमा किशोर सुवेदीलाई नियुक्त गर्ने निर्णय गरिएको छ ।

बैठकले प्रादेशिक औद्योगिक व्यवसायसम्बन्धी विधेयक २०७६, प्रदेश वन विधेयक २०७६, प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६, प्रदेश जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेश बालबालिका अधिकार सम्बन्धमा व्यवस्था गर्न विधेयक २०७६ प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणयुक्त प्रदेश बनाउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायत सातै वटा मन्त्रालयको एक सय मिटर वरिपरि निषेध गर्नुका साथै प्रदेशभरि नियमन, नियन्त्रण तथा निषेध गर्नेलगायतका २४ वटा निर्णय भएको मन्त्री आङबोले जानकारी दिए ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  १० : १२ बजे

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध