एभरेस्ट प्रिमियर लिगको खेल तालिका सार्वजनिक | Khabarhub Khabarhub

एभरेस्ट प्रिमियर लिगको खेल तालिका सार्वजनिक


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एभरेस्ट प्रिमियर लिग (ईपीएल) को खेल तालिका सार्वजनिक भएको छ । बिहीबार ईपीएल आयोजकले सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा पोखरा राइनोज र ललितपुर प्याट्रियट्सबीच प्रतिस्पर्धा हुने छ ।

ललितपुर साविक विजेता टोली समेत हो । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा उद्घाटन खेल २ बजे हुनेछ । यस्तै, उद्घाटन खेल पछिका लगातार ६ दिनसम्म दैनिक २ खेल हुनेछन् । जसमा बिहान १० बजे र दिउँसो २ बजे छुट्टाछुट्टै  खेल हुनेछन् ।

चैत १ गतेदेखि १५ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न शहरका ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सिंगल राउण्ड रोबिन आधारमा हुने प्रतियोगिताको शीर्ष २ टिमबीच फाइनलका लागि क्वालिफायर खेल हुने छ । यस्तै, लिगको तेस्रो र चौथो टिमले इलिमिनेटर खेल्दै क्वालिफायरमा टिमसंग फाइनल प्रवेशको लागि भिड्ने छ ।

ईपीएलमा साविक विजेता ललितपुरसंगै काठमाडौं किङ्स ११, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स रहेका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ११ : ४९ बजे

उदयपुरमा धमाधम जग्गा नापजाँच हुँदै

उदयपुर– उदयपुरको कटारी  नगरपालिका–१ कालीखोला गाउँबाट जग्गा नापी सुरु भएको

साताका १३ तस्बिर

काठमाडौं – यो साता हिमाली क्षेत्रमा परेको हिउँ । खुलेको

बन्द गर्छु आँखाहरू

बन्द गर्छु आँखाहरू अनि पो आउँछौ तिमी आँखा खोली बोलाऊँ

कछुवाको आकृति भएको औँठी किन लगाउने ?

वास्तुशास्त्र अनुसार कछुवाको आकृति भएको औँठीको प्रभावबाट व्यक्तिको जीवनमा सुखद्

सुपर लिग : आज धनगढी र इलाम तथा लुम्बिनी र काठमाडौँ भिड्ने

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछन्