काठमाडौं– एभरेस्ट प्रिमियर लिग (ईपीएल) को खेल तालिका सार्वजनिक भएको छ । बिहीबार ईपीएल आयोजकले सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा पोखरा राइनोज र ललितपुर प्याट्रियट्सबीच प्रतिस्पर्धा हुने छ ।
ललितपुर साविक विजेता टोली समेत हो । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा उद्घाटन खेल २ बजे हुनेछ । यस्तै, उद्घाटन खेल पछिका लगातार ६ दिनसम्म दैनिक २ खेल हुनेछन् । जसमा बिहान १० बजे र दिउँसो २ बजे छुट्टाछुट्टै खेल हुनेछन् ।
चैत १ गतेदेखि १५ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न शहरका ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सिंगल राउण्ड रोबिन आधारमा हुने प्रतियोगिताको शीर्ष २ टिमबीच फाइनलका लागि क्वालिफायर खेल हुने छ । यस्तै, लिगको तेस्रो र चौथो टिमले इलिमिनेटर खेल्दै क्वालिफायरमा टिमसंग फाइनल प्रवेशको लागि भिड्ने छ ।
ईपीएलमा साविक विजेता ललितपुरसंगै काठमाडौं किङ्स ११, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स रहेका छन् ।
प्रतिक्रिया