सागमा पदक विजेता खेलाडीको पुरस्कार रकममा कर नलाग्ने « Khabarhub

सागमा पदक विजेता खेलाडीको पुरस्कार रकममा कर नलाग्ने


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीले पुरस्कार पाउने बाटो खुला भएको छ । मंसिर १५–२४ सम्म काठमाडौं, पोखरा र विराटनगरमा सम्पन्न भएको सागमा पदक विजेता खेलाडीलाई नगद पुरस्कार वितरण गर्न तय भएको ‘खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि २०७२’ को पहिलो संशोधन मन्त्रिपरिषद्ले स्वीकृत गरेकाे छ ।

सागका पदक विजेता खेलाडीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन गरे बमोजिमको रकम खेलाडीलाई दिने गरी कार्यविधि संशोधन गरिएको युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रशाद थपलियाले बताएका छन् ।

प्रधानमन्त्रीले व्यक्तिगत स्पर्धामा स्वर्ण विजेता खेलाडीका लागि ९ लाख, रजतलाई ६ लाख र कास्यलाई ३ लाख दिने घोषणा गरेका थिए । समूहगत स्पर्धा (टिम इभेन्ट्स)मा स्वर्ण जित्ने खेलाडीका लागि जनही ६ लाख, रजतलाई ३ लाख र कास्यका लागि २ लाख पुरस्कार दिने घोषणा गरेका थिए । त्यस्तै, एक भन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाख दिने घोषणा गरिएको थियो ।

‘यसअघि पदक विजेता खेलाडीले पाउने पुरस्कार रकम कम थियो,’ सचिव थपलियाले भने, ‘अब हामी प्रक्रियामा लाग्छौं । पुरस्कार वितरण कार्यक्रम भव्य गर्ने योजना छ । १ महिनाको समय नलाग्न सक्छ ।’

सरकारले सागका पदक विजेता खेलाडीको पुरस्कर रकममा कर नलाग्ने प्रावधान समेत बनाएको छ । यसअघि खेलाडीले पाउने पुरस्कार रकममा कर लाग्थ्यो । तर, सरकारले पहिलोपटक साग विजेता खेलाडीले पाउने पुरस्कार रकममा कर नलाग्ने कार्यविधि बनाएको हो ।

‘साग विजेता खेलाडीका लागि सरकारले नयाँ प्रावधान बनाएको छ । अब उनीहरुले पाउने पुरस्कारमा कर लाग्ने छैन,’ सचिव थपलियाले खबरहबसँग भने ।

प्रधानमन्त्रीले मंसिर अन्तिम साता सागतमा पदक विजेता खेलाडीलाई शुभकामना दिँदै पुरस्कारको घोषणा गरेका थिए । मन्त्रालयलाई प्रधानमन्त्री ओलीले खेलाडीको पुरस्कार दिन किन ढिलाई भएको भनेर प्रश्न समेत गरेको सचिव थपलियाले बताए ।

‘प्रधानमन्त्रीज्युले किन प्रस्ताव ल्याउन ढिला गरेको भनेर प्रश्न समेत गर्नु भएको थियो । तर, हामीले अर्थ मन्त्रालयसँग परामर्श मागेका थियौं । त्यहाँ केही समय लागेका कारण ढिला हुन गएको हो,’ उनले भने ।

कार्यविधि पारित भएसँगै अब मन्त्रालयले अर्थसँग रकम माग गरेर खेलाडीलाई सम्मान गर्ने उनले बताए । खेलाडीसँगै प्रशिक्षक, सहायक प्रशिक्षक र खेल संघहरुलाई समेत रकम दिइने उनले बताए ।

सागमा नेपालले ५१ स्वर्ण पदक जितेको थियो । त्यस्तै नेपालले ६० रजत र ९५ कास्यसहित कुल २ सय ६ पदक जितेको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ५ : ३४ बजे

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौँ– यस वर्षको साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र

आज २०८३ साल साउन ११ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ११ गते सोमबार सन् २०२६

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि