सागमा पदक विजेता खेलाडीको पुरस्कार रकममा कर नलाग्ने | Khabarhub Khabarhub

सागमा पदक विजेता खेलाडीको पुरस्कार रकममा कर नलाग्ने


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीले पुरस्कार पाउने बाटो खुला भएको छ । मंसिर १५–२४ सम्म काठमाडौं, पोखरा र विराटनगरमा सम्पन्न भएको सागमा पदक विजेता खेलाडीलाई नगद पुरस्कार वितरण गर्न तय भएको ‘खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि २०७२’ को पहिलो संशोधन मन्त्रिपरिषद्ले स्वीकृत गरेकाे छ ।

सागका पदक विजेता खेलाडीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन गरे बमोजिमको रकम खेलाडीलाई दिने गरी कार्यविधि संशोधन गरिएको युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रशाद थपलियाले बताएका छन् ।

प्रधानमन्त्रीले व्यक्तिगत स्पर्धामा स्वर्ण विजेता खेलाडीका लागि ९ लाख, रजतलाई ६ लाख र कास्यलाई ३ लाख दिने घोषणा गरेका थिए । समूहगत स्पर्धा (टिम इभेन्ट्स)मा स्वर्ण जित्ने खेलाडीका लागि जनही ६ लाख, रजतलाई ३ लाख र कास्यका लागि २ लाख पुरस्कार दिने घोषणा गरेका थिए । त्यस्तै, एक भन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाख दिने घोषणा गरिएको थियो ।

‘यसअघि पदक विजेता खेलाडीले पाउने पुरस्कार रकम कम थियो,’ सचिव थपलियाले भने, ‘अब हामी प्रक्रियामा लाग्छौं । पुरस्कार वितरण कार्यक्रम भव्य गर्ने योजना छ । १ महिनाको समय नलाग्न सक्छ ।’

सरकारले सागका पदक विजेता खेलाडीको पुरस्कर रकममा कर नलाग्ने प्रावधान समेत बनाएको छ । यसअघि खेलाडीले पाउने पुरस्कार रकममा कर लाग्थ्यो । तर, सरकारले पहिलोपटक साग विजेता खेलाडीले पाउने पुरस्कार रकममा कर नलाग्ने कार्यविधि बनाएको हो ।

‘साग विजेता खेलाडीका लागि सरकारले नयाँ प्रावधान बनाएको छ । अब उनीहरुले पाउने पुरस्कारमा कर लाग्ने छैन,’ सचिव थपलियाले खबरहबसँग भने ।

प्रधानमन्त्रीले मंसिर अन्तिम साता सागतमा पदक विजेता खेलाडीलाई शुभकामना दिँदै पुरस्कारको घोषणा गरेका थिए । मन्त्रालयलाई प्रधानमन्त्री ओलीले खेलाडीको पुरस्कार दिन किन ढिलाई भएको भनेर प्रश्न समेत गरेको सचिव थपलियाले बताए ।

‘प्रधानमन्त्रीज्युले किन प्रस्ताव ल्याउन ढिला गरेको भनेर प्रश्न समेत गर्नु भएको थियो । तर, हामीले अर्थ मन्त्रालयसँग परामर्श मागेका थियौं । त्यहाँ केही समय लागेका कारण ढिला हुन गएको हो,’ उनले भने ।

कार्यविधि पारित भएसँगै अब मन्त्रालयले अर्थसँग रकम माग गरेर खेलाडीलाई सम्मान गर्ने उनले बताए । खेलाडीसँगै प्रशिक्षक, सहायक प्रशिक्षक र खेल संघहरुलाई समेत रकम दिइने उनले बताए ।

सागमा नेपालले ५१ स्वर्ण पदक जितेको थियो । त्यस्तै नेपालले ६० रजत र ९५ कास्यसहित कुल २ सय ६ पदक जितेको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ५ : ३४ बजे

ब्राजिलमा ‘हट एअर बेलुन’ दुर्घटना हुँदा आठ जनाको मृत्यु

साओ पाउलो – ब्राजिलको सान्टा क्याटारिना राज्यका गभर्नरले शनिबार दक्षिणी

भारतमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

काठमाडौं – भारतको उत्तराखण्ड राज्यस्थित काशीपुरमा बन्धक बनाइएका ३५ जना

मुख्यमन्त्री शाहद्वारा लम्कीचुहा प्रादेशिक अस्पतालको अनुगमन

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज यहाँस्थित लम्कीचुहा

दूधपोखरीकुण्डमा जलसतह घट्दै गएकामा स्थानीयको चिन्ता

गण्डकी – लमजुुङको मस्र्याङ्दी गाउँपालिकास्थित धार्मिक महत्त्वको पर्यटकीय तीर्थस्थल दूधपोखरीकुण्डमा

आजका समाचार : संसद्‍मा रास्वपाको विरोध जारी, मनाइयो योग दिवस र तत्काल इरानले आणविक वार्ता नगर्ने

रास्वपा सांसद सदनबाट बाहिरिएपछि प्रकाशशरणले भने- लगातार उभिन गाह्रै हुन्छ