१०-१५ वर्ष मलाई केही हुन्न : प्रधानमन्त्री ओली « Khabarhub

१०-१५ वर्ष मलाई केही हुन्न : प्रधानमन्त्री ओली


१५ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै आफ्नो मिर्गौला प्रत्यारोपण गर्ने बताएका छन् ।

नेकपाको बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बिहीवार प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणका लागि आफू साता दिन भन्दा कम सयम अस्पतालमा बस्ने र त्यसपछि काममा सक्रिय हुने बताए ।

‘छिट्टै मिर्गौला प्रत्यारोपण गर्दैछु। पाँच दिन अस्पताल बस्छु। छैठौं दिनदेखि काम गर्छु,’ प्रधानमन्त्री ओलीले भने,‘अझै १०-१५ वर्ष मलाई केही हुन्न।’उनले आफूलाई बिरामी भयो काम गर्न सक्दैन भन्नेलाई पनि जवाफ दिएका छन् ।

दैनिक रुपमा आफूले १७-१८ घन्टा काम गर्ने ओलीलको भनाइ छ । ‘म १७-१८ घन्टा काम गर्छु। बिरामी भन्या कुरा यस्तै हो भइरहन्छ,’ ओलीले भने।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ५ : ४४ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस