वीरगञ्ज चिनी कारखानाको ६ बिघा जग्गा बिक्रीका लागि स्वीकृित « Khabarhub

वीरगञ्ज चिनी कारखानाको ६ बिघा जग्गा बिक्रीका लागि स्वीकृित


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले वीरगञ्ज चिनी कारखानाको स्वामित्वमा रहेको ६ बिघा जग्गा बिक्रीका लागि स्वीकृित प्रदान गरेको छ ।

यही फागुन ५ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकले पर्सास्थित वीरगञ्ज महानगरपालिका वडा नं १४ मा रहेको कित्ता नं ११३१ को १०–६–४ बिघामध्ये ६ बिघा जग्गा बिक्री गर्न स्वीकृति दिएको हो ।

यसैगरी सरकारले  पोखरा मनपा–३ र ११ जोड्ने सेती नदी माथिको पुल निर्माण गर्दा आवश्यक पर्ने ३७७.५० वर्गमिटर क्षेत्रफल जग्गा प्राप्तिको लागि जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ बमोजिम स्वीकृति दिइएको छ ।

यही फागुन २६ देखि आगामी चैत्र ७ सम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय आयोग (सिएसडब्लु) को ६४औँ सम्मेलनमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागिताका लागि स्वीकृति दिइएको छ ।

बैठकले नेपाली सेनाका पाइलट महासेनानी अर्जुन खत्री क्षेत्रीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । बहुप्राविधिक महाविद्यालय निर्माण र सञ्चालनार्थ सिन्धुपाल्चोकको चौतारा–साँगागढीचोकगढी नगरपालिका–५ स्थित आहालडाँडा सामुदायिक वन क्षेत्रसहित राष्ट्रिय वन क्षेत्रको ०.८९७० हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र त्यहाँ रहेका रुख र पोल तगा बिरुवा हटाउन स्वीकृति दिएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ७ : ५१ बजे

धानको गाँज लाग्ने बेलामा रासायनिक मलको अभाव

बाँके– धानको गाँज लाग्ने बेलामा बाँकेका किसानलाई रासायनिक मलको अभाव

प्रधानमन्त्री वालेन्द्र र नेकपा नेताबीच वर्षमानबीच भेट, बाढीपछिको पुनःस्थापनाबारे छलफल

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनले

जसपाको कार्यकारिणी बैठक तेस्रो दिन पनि जारी, अध्यक्ष यादव दिँदैछन् जवाफ

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक

चिनियाँ एजेन्ट बनेको आरोपमा अमेरिकी पत्रकारलाई जेल सजाय

एजेन्सी– चिनियाँ सरकारका लागि अमेरिकाभित्र गैरकानूनी रूपमा विदेशी एजेन्टका रूपमा

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका सबै