जनकपुर बमकाण्डका दोषी पूर्वमन्त्री साह भ्रष्टाचारी ठहर « Khabarhub

जनकपुर बमकाण्डका दोषी पूर्वमन्त्री साह भ्रष्टाचारी ठहर


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– जनकपुर बमकाण्डमा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका पूर्वमन्त्री सञ्जयकुमार साहलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ।

हाल नख्खु जेलमा थुनामा रहेका उनलाई विशेष अदालतले पनि सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार गरेको ठहर गरेको हो। विशेष अदालतका न्यायाधीशहरु कृष्ण गिरी ,शान्तिसिंह थापा र चन्द्रबहादुर सरुको इजलाशले साहलाई दोषी ठहर गर्दै फैसला सुनाएको हो।

विशेषले साहलाई भ्रष्टाचार मुद्दामा ४ वर्ष कैद र १९ कराेड ४४ लाख ३८ हजार ९ सय बिगाे र साेही बराबर जरिवाना तोकेको छ ।

जन्मकैदको सजाय काटिरहेका पूर्वमन्त्री सञ्जयकुमार साह ‘टक्ला’विरुद्धका २०७३ पुस २५ र २०७४ चैत १६ गते विशेष अदालतमा मुद्दा दायर भएको थियो । साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे ३१ करोडको भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ८ : ०६ बजे

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति

देशका अधिकांश क्षेत्रमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा

बालेन सरकारले दलीय ट्रेड युनियन खारेज गरे कसो गर्लान् शिक्षक-कर्मचारी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्रअनुसार केही दिनमा बन्ने बालेन्द्र

साताको कार्टुन : भ्रष्टलाई हान्ने र भनेको मान्नेलाई छान्ने

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भारी बहुमत ल्याएको

कर्णाली प्रदेशसभा बैठक : हिमाली जिल्लाको नियमित हवाई उडान गर्ने संकल्पपत्र पारित

कर्णाली– कर्णाली प्रदेशका हिमाली जिल्लाको नियमित हवाई उडान गर्न ६