सुदूरपश्चिम प्रदेशबाट कोरोना परीक्षणका लागि १३ जनाको ‘स्वाब’ काठमाडौं पठाइयो « Khabarhub

सुदूरपश्चिम प्रदेशबाट कोरोना परीक्षणका लागि १३ जनाको ‘स्वाब’ काठमाडौं पठाइयो


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमणको आशंका गरिएका १३ जनाको स्वाब नमूना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको छ।

कैलालीको धनगढीमा रहेको सुदूरपश्चिम प्रदेश प्रयोगशालामा विभिन्न प्रदेशका जिल्लाबाट संकलन गरी पठाइएको १३ वटा नमूना परीक्षणका आएकोमा ती सबै थ्रोट स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको प्रदेश प्रयोगशालाकी निमित्त निर्देशक अस्मिता सापकोटाले जानकारी दिइन्।

उनका अनुसार सेती प्रादेशिक अस्पतालमा संकलित आठ, महाकाली अस्पतालबाट पठाइएका दुई, बैतडी जिल्ला अस्पतालका दुई र डोटी जिल्ला अस्पतालबाट पठाइएको एक गरी १३ को नमूना परीक्षणका लागि काठमाडौं प्रयोगशालामा पठाइएको हो।

कोभिड १९ फैलिन नदिन सरकारले लकडाउन लागू गरेसँगै हवाई सेवा समेत बन्द भएकाले सुदूरपश्चिम प्रदेशबाट नमूना परीक्षणका लागि गाडीमार्फत काठमाडौं पठाइएको छ। उनले नमूना परिक्षणको रिपोर्ट आउन दुई तीन दिन लाग्ने बताए।

हालः अलग्गै आइसोलेसनमा राखेर उनीहरूको उपचार भइरहेको छ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  १० : १३ बजे

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक