कोरोनाभाइरसको विषयमा बालबालिकासँग कसरी कुरा गर्ने ( ८ उपाय सहित ) | Khabarhub Khabarhub

कोरोनाभाइरसको विषयमा बालबालिकासँग कसरी कुरा गर्ने ( ८ उपाय सहित )


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोनाभाइरस रोग २०१९ (कोभिड-१९) का बारेमा सुनिएका धेरै थरिका कुराका कारण आत्तिनु वा चिन्ता लाग्नु स्वाभाविक हो ।

तपाईंका छोराछोरी पनि अत्तालिएका हुन सक्छन् । इन्टरनेट वा टेलिभिजनका साथै अन्य मानिसहरूबाट सुनिएका/देखिएका विभिन्न जानकारीहरू बालबालिकाका लागि बुझ्न कठिन हुने भएका कारण उनीहरू हतासपन, तनाव वा उदासीको जोखिममा पर्न सक्छन् ।

तर उनीहरूसँग खुला र सकारात्मक छलफल गर्न सकेमा उनीहरूलाई यसबारे जान्न सहयोग पुग्ने मात्र नभई उनीहरूले अरुका लागि पनि सकारात्मक योगदान दिन सक्छन् ।

खुला प्रश्नहरू सोध्नुहोस् र ध्यान दिएर सुन्नुहोस्

बालबालिकालाई कोभिड-१९ का बारेमा कुराकानी गर्न भन्नुहोस्। उनीहरूलाई पहिल्यै कति कुरा थाहा छ त्यसको निर्क्योल गर्नुहोस् र त्यहाँबाट नै अगाडि बढ्नुहोस् । यदि उनीहरू एकदमै साना उमेरका छन् र यस प्रकोपका बारेमा थाहा पाएका छैनन् भने कोभिड-१९ का बारेमा कुरा नगर्नुहोस् किनभने यसले नयाँ डरको शुरूवात गर्न सक्छ । बरू सरसफाइ सम्बन्धी असल आनीबानी सिकाउनुहोस् ।

तपाईं सुरक्षित स्थानमा भएको सुनिश्चित गर्नुहोस् र आफ्ना बालबालिकालाई स्वतन्त्रतापूर्वक कुरा गर्न दिनुहोस् । चित्र बनाएर, कथा भनेर वा अन्य गतिविधिका मार्फत पनि छलफललाई सहज बनाउन सकिन्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा – उनीहरूको उत्सुकता वा चासोलाई बेवास्ता नगर्नुहोस् वा सामान्य रूपमा नलिनुहोस् । उनीहरूको भावनालाई स्वीकार्नुहोस् । यस्तो अवस्थामा डर लाग्नु स्वाभाविक हो भनेर आश्वस्त पार्नुहोस् । उनीहरूको कुरा पूरा ध्यान दिएर आफूले कुरा छु भन्ने देखाउनुहोस्। उनीहरूले तपाईं वा आफ्ना शिक्षकहरूसँग मन लागेको समयमा खुलेर कुरा गर्न सक्छन् भनेर ढुक्क बनाउनुहोस् ।

इमान्दारीपूर्वक तथा बालबालिकाले बुझ्ने भाषामा साँचो कुरा बताउनुहोस्

बालबालिकालाई संसारमा के भइरहेको छ भन्ने बारे सत्य तथ्य जान्ने अधिकार हुन्छ । तर वयस्क व्यक्तिहरूले उक्त जानकारी दिँदै गर्दा उनीहरूमा आतंक र तनावको भाव आउन नपाओस् भन्ने सुनिश्चित गर्नुपर्छ । यसका लागि उमेर अनुसारको भाषा प्रयोग गर्नुहोस् । उनीहरूको प्रतिक्रियाको ख्याल गर्नुहोस् । उनीहरूको तनावको अवस्था बारे संवेदनशील हुनुहोस् ।

यदि तपाईंसँग उनीहरूको प्रश्नको सहि जवाफ छैन भने अनुमानको भरमा जवाफ नदिनुहोस् । यसलाई मिलेर सँगै उपयुक्त उत्तर खोज्ने अवसरका रूपमा प्रयोग गर्नुहोस् । युनिसेफ तथा विश्व स्वास्थ्य संगठन जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूका वेबसाइट आवश्यक सुचनाको राम्रा श्रोत हुनसक्छन् । इन्टरनेटमा उपलब्ध सबै जानकारी सत्य होईनन् र विज्ञहरूलाई भरोसा गर्नु नै उत्तम हो भनेर बताउनुहोस् ।

आफू र आफ्ना साथीहरूलाई कसरी सुरक्षित राख्न सकिन्छ भनेर उनीहरूलाई सिकाउनुहोस् / देखाउनुहोस्

कोरोनाभाइरसका साथै अन्य रोगहरूबाट बालबालिकालाई सुरक्षित राख्ने सबैभन्दा उत्तम उपाय नै नियमित साबुन पानीले हात धुनु हो । त्यसैले कुराकानीलाई डरलाग्दो नबनाउनुहोस् । कुनै गीत गुनगुनाउनुहोस् वा नाचको लयसँगै सिकाईलाई रमाईलो बनाउनुहोस् ।

मुख छोपेर कसरी खोक्ने र आफ्नो कुहिनोमा हाच्छ्युँ कसरी गर्ने भनेर तपाईंले आफ्ना छोराछोरीलाई देखाउन सक्नुहुन्छ । रोगका लक्षण देखिएका व्यक्तिहरूको नजिक जान सुरक्षित हुँदैन भनेर बताउन सक्नुहुन्छ । ज्वरो आएमा, खोकि लागेमा वा सास फेर्न गारो भएमा भन्न सिकाउनुहोस् ।

आश्वासन दिनुहोस्

जब हामीले टेलिभिजन वा इन्टरनेटमा समस्याग्रस्त तस्वीरहरू देख्छौं तब हामीलाई सबैतिर संकटले घेरेको जस्तो महसुस हुनसक्छ ।

स्क्रिनमा देखिएको तस्वीर र आफ्नो वास्तविकताको बीचको भिन्नता बालबालिकाले थाहा नपाउन सक्छन् । जसको कारण आफु कुनै खतरामा रहेको ठान्न सक्छन् । सम्भव भएसम्म उनीहरूलाई खेल्ने तथा आराम गर्ने अवसर दिई तपाईंले उनीहरूलाई तनाव व्यवस्थापन गर्न सिकाउन सक्नुहुन्छ ।

नियमित समयतालिका अनुसारको क्रियाकलापलाई, विशेषगरि सुत्नु भन्दा अगाडिका गतिविधिहरूलाई निरन्तरता दिनुहोस् । नयाँ वातावरणमा नयाँ क्रियाकलापहरू शुरु पनि गर्न सक्नुहुन्छ।

तपाईं बसोबास गर्ने क्षेत्रमा कोरोनाभाइरसको प्रकोप देखिएको छ भने – बालबालिकालाई उनीहरूलाई यसको संक्रमणको सम्भावना एकदमै कम रहेको, कसैलाई यस भाइरसको संक्रमण हुँदैमा एकदमै बिरामी नहुने, धेरै वयस्कहरूले उनका परिवारलाई सुरक्षित राख्न कठिन प्रयास गरिरहेको बताउनुहोस् ।

यदि तपाईंका छोराछोरी बिरामी परे भने, आफु तथा आफ्ना साथीहरूलाई पनि सुरक्षित राख्नका लागि उनीहरू घर वा अस्पतालमै बस्नु उचित हुने बताउनुहोस् । यसो गर्न एकदम कठिन हुने (कतिपय अवस्थामा एकदमै अत्यासलाग्दो वा अल्छिलाग्दो) भएतापनि सबैलाई सुरक्षित राख्नका लागि नियमको पालना गर्नु नै उत्तम हुने बताउनुहोस् ।

बालबालिकाले भेदभाव भोगेको वा फैलाएको छ/छैन जाँच गर्नुहोस्

कोरोनाभाइरसको संक्रमण विश्वभर फैलिएसँगै संसारका धेरै स्थानमा मानिसहरूले जातिय भेदभावको सामना गर्नुपरेको छ । यसकारण तपाईंका बालबालिकाले भेदभाव भोगेको वा उनीहरूले भेदभाव तथा हेपाहा व्यवहारमा योगदान दिएको छ/छैन जाँच गर्नुहोस् ।

को कस्तो देखिन्छ, वा कुन स्थानबाट आएको हो वा कुन भाषा बोल्छ आदि कुराले कोरोनाभाइरससँग कुनै सम्बन्ध नरहेको बुझाउनुहोस् । यदि उनीहरूलाई विद्यालयमा कसैले गाली गरेको छ वा दुर्व्यवहार गरेको छ भने आफुले विश्वास गर्ने कोही वयस्कसँग आफ्नो कुरा भन्नुपर्छ भनेर सम्झाउनुहोस् ।

विद्यालयमा सबै विद्यार्थी सुरक्षित हुन पाउँछन् भनेर सम्झाउनुहोस् । दुर्व्यवहार सधैं गलत रहेको र उनीहरूले दया र सद्भाव फैलाउन हरसम्भव प्रयास गर्नुपर्छ भनेर पनि सिकाउनुहोस् ।

सहयोग र सकारात्मक पक्ष देखाउनुहोस्

मानिसहरूले दया र उदारताको भाव राखी एक अर्कालाई सहयोग गरिरहेका छन् भनेर बालबालिकाले त्यसका बारेमा जान्नु जरुरी छ ।

स्वास्थ्यकर्मीहरू, वैज्ञानिकहरू, युवा लगायत धेरैले यस महामारी नियन्त्रण गर्न तथा सबैलाई सुरक्षित राख्न निरन्तर काम गरिरहेको अनुभव सुनाउनुहोस् । सेवाको भावना भएका मानिसहरूले सबैको हितका लागि निस्वार्थ सेवा गरिरहेको थाहा पाउँदा उनीहरू ढुक्क हुन पाउँछन् ।

आफ्नो ख्याल राख्नुहोस्

तपाईं आफु स्वस्थ रहनुभयो भने मात्र तपाईंले आफ्ना बालबालिकालाई हेरचाह गर्न सक्नुहुन्छ । उनीहरूले तपाईंको व्यवहार देखेर सिक्ने हुनाले तपाईं शान्त र संयमित रहँदा उनीहरूलाई पनि त्यसै गर्न प्रोत्साहन मिल्छ।

यदि तपाईं आफु हतास वा चिन्तित महशुस गरिरहनुभएको छ भने आफ्नो परिवार, साथीभाइ वा अन्य विश्वासिला व्यक्तिहरूसंग सम्पर्कमा रहनुहोस् । आराम दिने तथा स्वास्थ्यलाभ गर्न सघाउने आफुलाई मनपर्ने गतिविधिहरूमा समय दिनुहोस् ।

मायाका साथ कुराकानी टुंग्याउनुहोस्

बालबालिकालाई हामीले तनावको अवस्थामा छोडेका छैनौं भनेर बुझ्न जरूरी छ । कुराकानी अन्त्यतिर उनीहरूको बोलीको प्रकृति तथा श्वासप्रश्वासको गति आदि शारिरीक हाउभाउ हेरेर उनीहरूको तनावको स्थिति मापन गर्नुहोस् ।

उनीहरूलाई आवश्यक परेको खण्डमा कुनैपनि बेला आफुसँग यस प्रकारका अप्ठ्यारो विषयमा कुराकानी गर्न सक्ने बुझाउनुहोस् । तपाईंले उनीहरूको ख्याल गर्नुहुन्छ, उनीहरूको कुरा ध्यानपुर्वक सुन्नुहुन्छ र चिन्तित हुँदा कुनैपनि बेला आफु उपलब्ध भएको जानकारी दिनुहोस्  । (युनिसेफका संचार विशेषज्ञ याकब हन्टद्वारा सुचना संकलन )

-यूनिसेफबाट साभार

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ११ : ३३ बजे

नागरिक उड्डयन र हवाई सेवा प्राधिकरण विधेयक कुनै संस्था टुक्र्याउन होइन : मन्त्री पाण्डे

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरणलाई

कोशीका गोठ रित्तै !

चतरा (सुनसरी) – समयान्तर विश्लेषण गर्नुपर्दा एउटा आहान कोशी किनाराका

आन्तरिक पर्यटकको रोजाइमा दाङको कुलपानी हरित उद्यान

दाङ– दाङको गढवा गाउँपालिका– १ बडहरास्थित कुलपानी हरित उद्यान (पार्क)

वीरगञ्ज नाकाबाट एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक

इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै ट्रम्पले गरे सेनाको प्रशंसा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले इरानमा भएको आक्रमणका