प्रधानमन्त्री आजै अस्पतालबाट डिस्चार्ज हुने सम्भावना : चिकित्सक « Khabarhub

प्रधानमन्त्री आजै अस्पतालबाट डिस्चार्ज हुने सम्भावना : चिकित्सक


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई बिहीबार राति मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।

मुटुको चालमा गडबडी भएपछि प्रधानमन्त्री ओलीलाई अस्पताल लगिएको थियो । तर उनको अवस्था अहिले सामान्य रहेको र आजै साँझसम्ममा डिस्चार्जको सम्भावना रहेको चिकित्सकहरुले बताएका छन् ।

प्रधानमन्त्री ओलीको उपचारमा संलग्न एक चिकित्सकले भने, उहाँको मुटुको चालमा गडबडी भएपछि अस्पताल ल्याइएको थियो । अहिले अवस्था सामान्य रहेको छ । रिपोर्टहरु पनि सामान्य नै रहेका कारण आज साँझ सम्ममा डिस्चार्ज हुने सम्भावना छ ।

२१ फागनुमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेसँगै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक लगायतका कार्य बालुवाटारबाट सम्पादन गर्दै आएका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  १२ : ०२ बजे

निर्वाचन आयोगलाई सफल पार्न सरकार र राजनीतिक दलको सहयोग जरुरी छ : प्रस्तावित प्रमुख निर्वाचन आयुक्त

काठमाडौं– प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन प्रणाली सुधार गर्न

कोशी सर्वदलीय बैठक : ओमप्रकाशका परिवारलाई २ लाख, आगजनी पीडित र घाइतेलाई ५० हजार राहत

विराटनगर– कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेका

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का

देवानगञ्जमा सेनाको हवाई गस्ती जारी, प्रभावित क्षेत्रमा कर्फ्यु आदेश यथावत् (तस्बिरहरू)

काठमाडौं– सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप

चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा

काठमाडौं– स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा, स्वास्थ्य