कोरोना भाइरसका कारण देखिएको संकट समाधान गर्ने बारे ट्रम्प र सीबीच छलफल « Khabarhub

कोरोना भाइरसका कारण देखिएको संकट समाधान गर्ने बारे ट्रम्प र सीबीच छलफल


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाभाइरस संक्रमणका कारण विश्वमा देखिएको संकट सामना गर्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्म र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच टेलिफोन वार्ता भएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै सीसँग कुराकानी भएको बताएका छन् । उनले कोरोना भाइरसको संक्रमणबारे वृहतरुपमा सीसँग छलफल भएको जनाए ।

‘पृथ्वीको ठूलो हिस्सालाई ध्वस्त पारिरहेको कोरोना भाइरसबारे वृहतरुपमा छलफल भयो,’ उनले ट्विटरमा लेखेका छन्, ‘चीनले यो भाइरसबारे निकै बलियो जानकारी विकास गरेको छ। हामी सँगै काम गरिरहेका छौं। धेरै सम्मान छ।’

ट्रम्पसँगको सम्बादमा सीले कोरोना भाइरस सबैको साझा दुष्मन रहेको बताएको र यसको रोकथामका लागी सहकार्य जरुरी भएको बताएको साउथ चाइना मर्निङ पोष्टले उल्लेख गरेको छ ।

‘यो भाइरसको कुनै भौगोलिक सीमाना छैन र यो महामारी हाम्रो साझा दुष्मन हो। यतिबेला यसको रोकथामका लागि सबै देशले सहकार्यका हात फैलाउनुपर्छ,’ सीले भनेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  १२ : १७ बजे

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका

राज्यमन्त्रीको सेवा पाउनेगरी प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त

काठमाडौं– अन्तरिम सरकारले प्रधानमन्त्री सुशिला कार्कीको प्रेस सल्लाहकारमा राम रावललाई

कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने भएको