कोरोना भाइरसका कारण देखिएको संकट समाधान गर्ने बारे ट्रम्प र सीबीच छलफल « Khabarhub

कोरोना भाइरसका कारण देखिएको संकट समाधान गर्ने बारे ट्रम्प र सीबीच छलफल


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाभाइरस संक्रमणका कारण विश्वमा देखिएको संकट सामना गर्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्म र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच टेलिफोन वार्ता भएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै सीसँग कुराकानी भएको बताएका छन् । उनले कोरोना भाइरसको संक्रमणबारे वृहतरुपमा सीसँग छलफल भएको जनाए ।

‘पृथ्वीको ठूलो हिस्सालाई ध्वस्त पारिरहेको कोरोना भाइरसबारे वृहतरुपमा छलफल भयो,’ उनले ट्विटरमा लेखेका छन्, ‘चीनले यो भाइरसबारे निकै बलियो जानकारी विकास गरेको छ। हामी सँगै काम गरिरहेका छौं। धेरै सम्मान छ।’

ट्रम्पसँगको सम्बादमा सीले कोरोना भाइरस सबैको साझा दुष्मन रहेको बताएको र यसको रोकथामका लागी सहकार्य जरुरी भएको बताएको साउथ चाइना मर्निङ पोष्टले उल्लेख गरेको छ ।

‘यो भाइरसको कुनै भौगोलिक सीमाना छैन र यो महामारी हाम्रो साझा दुष्मन हो। यतिबेला यसको रोकथामका लागि सबै देशले सहकार्यका हात फैलाउनुपर्छ,’ सीले भनेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  १२ : १७ बजे

कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता

श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार