सुर्खेतमै उत्पादन हुन थाल्यो स्वास्थ्यकर्मीले लगाउने पीपीई « Khabarhub

सुर्खेतमै उत्पादन हुन थाल्यो स्वास्थ्यकर्मीले लगाउने पीपीई


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्नगर– कोरोना भाइरस (कोभिड–१९) को परीक्षण तथा सङ्क्रमितको उपचारका लागि स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) को सुर्खेतमै उत्पादन शुरु गरिएको छ । कर्णालीका सबै स्वास्थ्य संस्थाहरुमा पीपीईको अभाव भइरहेका बेला वीरेन्द्रनगरमा सञ्चालित मुनाल गार्मेन्ट उद्योग र देउती होजियारीले यसको उत्पादन शुरु गरेका हुन् ।

पीपीईको अभावमा स्वास्थ्यकर्मीहरु कोरोना आशङ्कित बिरामीसँग संसर्ग गर्न डराउनुपर्ने अवस्थाले स्वास्थ्य संस्थाको सम्पर्कमा आएका ज्वरोका बिरामीलाई औषधि दिएर मात्र पठाउने गरिएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले काठमाडौँमा हालसम्म उपलब्ध नभएको र विदेशबाट आउन समय लाग्ने भएकाले स्थानीयस्तरमै पीपीई तयार गर्न निर्देशन दिएको हो ।

सामाजिक विकासमन्त्री दल रावल र प्रदेश अस्पताल सुर्खेतका चिकित्सक डा नवराज केसीसँग समन्वय गरेर पीपीई उत्पादन शुरु गरेको गार्मेन्ट सञ्चालकले जनाएका छन् । मुनाल गार्मेन्टका सञ्चालक भानुभक्त खड्काले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले प्रयोग गर्ने गरी तत्काललाई २ हजार थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) तयार गरिरहेको जानकारी दिए । लकडाउनका कारण कच्चा पदार्थ ढुवानीमा समस्या भएको उनको भनाइ छ ।

‘हालसम्म २०० थान तयार गरिसकेका छौँ, प्रदेश अस्पतालका चिकित्सकको निर्देशनमा शतप्रतिशत गुणस्तरीय पीपीई तयार गर्दैछौँ,’ सञ्चालक खड्काले भने । नेपाली सेनाका लागि आएको पीपीईको नमूना हेरेर कालिगडले स्वास्थ्यकर्मीका लागि पीपीई तयार गरिरहेका छन् ।

प्रदेश अस्पतालका चिकित्सक डा केसीले पीपीई नहुँदा स्वास्थ्यकर्मीहरुले जोखिम मोलेर कोरोना भाइरसको सम्भावित सङ्क्रमण जाँच गरिरहेको बताए । यसअघि सुर्खेत उद्योग वाणिज्य सङ्घको सहकार्यमा तयार गरिएका केही थान पीपीई बबई नाकामा खटिएका स्वास्थ्यकर्मीलाई प्रदान गरिएको थियो ।

पीपीईअन्तर्गत गाउनका साथै पञ्जा, मास्क, प्रोटेक्टिभ हेडसेटलगायतका सामग्री स्वास्थ्यकर्मीहरुका लागि अत्यावश्यक मानिन्छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  १२ : ३१ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते