चैत मसान्तसम्म बीमाको प्रिमियम नउठाउन निर्देशन « Khabarhub

चैत मसान्तसम्म बीमाको प्रिमियम नउठाउन निर्देशन


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बीमा समितिले बीमा कम्पनीहरुलाई चैत मसान्तसम्म बीमा प्रिमियम नउठाउन सर्कुलर जारी गरेको छ । समितिले सर्कुलर जारी गरेसँगै बीमा कम्पनीहरुले बीमा शुल्क नउठाउने भएका हुन् ।

विश्वभर फैलिरहेको कोरोना भाइसर (कोभिड १९) का कारण अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्न आग्र गर्दै समितिले बीमा शुल्क संकलन कार्य चैत्र मसान्तसम्म स्थगन गरी परिस्थिति सामान्य भए पछि बिना ब्याज संकलन गर्ने व्यवस्था मिलाउन पनि कम्पनीहरुलाई निर्देशन दिएको हो।

जीवन बीमकले अवधि समाप्ति पछिको बीमा रकम विधुतीय माध्यमबाट बीमितको खातामा जम्मा गर्ने व्यवस्था मिलाउने तथा अन्य बीमा दावीको हकमा बीमितले विद्युतीय माध्यममार्फत निवेदन गरेमा यथेष्ट प्रमाण संकलन गरी अवस्था सामान्य भएपछि यथाशीघ्र दावी भुक्तानी गर्नपनि समितिले कम्पनीहरुलाई निर्देशन दिएको छ।

लकडाउनपछि कम्पनीहरुको कार्यालय बन्द भएपनि सेवा भने जारी रहेको छ। कम्पनीहरुले सूचना जारी गर्दै कम्पनीको सेवा लिनका लागि निश्चित व्यक्ति तोकेको जानकारी दिएका छन्।

अधिकांश कम्पनीहरुले सूचनामा ४/५ जना सम्पर्क अधिकृत तोकेका छन्। उनीहरुलाई घरैबाट अनलाईमार्फत ग्राहकलाई अत्यावश्यक सेवा प्रदान गर्न निर्देशन दिइएको कम्पनीहरुले जनाएका छन्।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  १ : ४० बजे

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

भोजपुर– ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण

आँचललाई जन्मदिनको उपहार टिजर

काठमाडौं – शीर्ष नायिका आँचल शर्माको जन्म दिन पारेर फिल्म

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

इरानमा आक्रमण गरेर फर्किएका अमेरिकी सैन्य विमानको आकस्मिक अवतरण

वासिङ्टन – इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको

खानीडाँडा–याम्खा–रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ– खानीडाँडा–याम्खा–रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी बजार