वाइडवडी जहाजमार्फत चीनबाट मेडिकल सामग्री ल्याइने « Khabarhub

वाइडवडी जहाजमार्फत चीनबाट मेडिकल सामग्री ल्याइने


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजमार्फत चीनबाट मेडिकल सामग्री नेपाल ल्याइने भएको छ ।

औषधोपचारजन्य सामग्री लिन निगमको वाइड बडी जहाज शनिबार ग्वाङ्जाओ पठाउने तयारी गरिएको निगमले जनाएको छ । निगमका प्रवक्ता अर्चना खड्काले मेडिकल सामग्री लिन वाइड बडी जहाज शनिबार चीन जाने तर त्यसका लागि आवश्यक प्रक्रिया टुङ्गिनसकेको जानकारी दिइन् ।

‘हाम्रो (निगमको) वाइड बडी जहाज शनिबार चीन पठाउने तयारी गरिएको हो, तर यो प्रक्रियामै छ । ओभर फ्लाइङ पर्मिशनका लागि सम्बन्धित मुलुकसँग पहलकदमी भइरहेको छ । उडान अनुमति पाउनासाथ जहाज पठाइनेछ,’ उनले भनिन् ।

वाइड बडी जहाजले कोभिड– १९ परीक्षण गर्ने किट र पिपिई लगायतका औषधिजन्य सामग्री ल्याउनेछ । यो चार्टर्ड उडानका लागि सम्बन्धित मुलुकसँग उडान अनुमतिका लागि कूटनीतिक तवरबाट पहल भइरहेको जनाइएको छ ।

यसअघि कोभिड–१९ पहिलोपटक फेला परेको चीनको वुहान प्रान्तमा रहेका नेपालीलाई पनि निगमकै वाइड बडी जहाजले स्वदेश ल्याएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले निगमको वाइड बडी जहाज चीन जाने तयारी भइरहेको तर उडान तालिका भने यकिन भइनसकेको जानकारी दिए ।

शुक्रबार साँझसम्म उडान तालिका बन्ने उनले उल्लेख गर्नुभयो । सरकारले कोभिड परीक्षण तथा उपचारका लागि अत्यावश्यक सामग्री चीनबाट ल्याउने यसअघि नै निर्णय गरेको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  २ : १८ बजे

वेष्ट इण्डिजका फेबियन एलेनले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका

युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप

काठमाडौँ– अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनी सेनाले स्टारलिङ्क स्याटेलाइट

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै